Categories
Uncategorized

ससुरालीलाई प्रत्येक महिना ३३ हजार दिन्थेँ अब झन माग बढाए-थेग्न सकिन’ भन्दै युवकले जिवन त्यागे

एजेन्सी । ससुराली परिवारको एक अंश हो । समस्या र अप्ठेरो परेको बेलामा परिवारको सहयोग चाहिन्छ । सहारा नै परिवार हुन्छ । विवाह भनेको दुई परिवारबीचको स म्ब न्ध हो । तर विवाहकै कारण एक पुरुषले भने जीवनत्या,’ग गरेका छन् । ससुरालीको माग पुरा गर्न सकिन अब त अति भयो भन्दै एक पुरुषले यस्तो निर्णय गरेका हुन् । यो घटना भारत, हरियाणाको पानीपत जिल्लाको हो ।

जिल्लाको दीवाना गाउँ नजिकैको रेलमार्गमा युवकले रेलको अगाडि हा,’म फा,’लेका हुन् । उनको निधन भएको छ । घटना अघि ति युवकले एउटा भिडियो बनाएका थिँए, जुन सामाजिक सञ्जालमा भाइरल हुँदैछ । भिडियोमा ती युवकले आफ्नी श्रीमती र ससुरालीमाथि आरोप लगाएका छन् ।

युवक वेदपाल गाउँ दीवानाका निवासी हुन्, जसले भिडियो बनाएर भाइरल बनाएका थिए ।उक्त भिडियोमा ती युवक आफुले यस्तो निर्णय लिनुमा ससुराली र श्रीमती भएको बताएका छन् । भाइरल भिडियोमा वेदपालले आफ्नी श्रीमती, ससुरा, साला, साली र अन्य ससुराली पक्षमाथि आरोप लगाइएको छ ।

युवकले भनेका छन्, ‘म मेरो ससुराली पक्षका मानिसहरुलाई लगभग ८ बर्ष सम्म हरेक महिना झण्डै ३२ हजार रुपैयाँ दिइरहेको छु, तर अब यी मानिसहरुको माग बढेको छ, जुन म पूरा गर्न सक्दिन् ।’ त्यती भनेपछि ति युवकले रेलको अगाडि दौ,’डिएका छन् ।

Categories
समाचार

आर्मी ब्यारेकवाट आर्मि श्रीमान हराउदा श्रीमतीको बेहाल, गाउ देखि काठमाण्डौं सम्म खोज तलास गर्दै श्रीमति, सीसीटीभी क्यामेरा हेर्दा जे देखियो (भिडियो सहित)

काठमाडौ । ब्यारेकको मेडिकल वार्डमा काम गर्ने श्रीमान आर्मी ब्यारेकवाट ह’रा’एका छन् । विवाह गरेको करिब ९ वर्ष भइसकेको थियो । तर श्रीमानको कुनै नराम्रो बानी ब्यवहार भएको पनि श्रीमतीलाई थाहा थिएन । तर अचानक ब्यारेकवाटै श्रीमान ह’रा’एपछि श्रीमती खोजी गर्दै काठमाडौ आइपुगीन् ।

यो घटना मिना तामाङको हो । उनका श्रीमान असोज ३ गतेवाट हराएका हुन् । उनी पोष्टेडका कारण स्वास्थ्य समस्यामा थिए । उनी दु’खा’इ स’ह’न नसकेर श्रीमतीसंग एक पटक राम्रोसंग उपचार गराउन पाए हुन्थ्यो भनिरहन्थे । त्यसैले उनले उपचार पनि गरे । श’ल्य’कृया पछि उनी फेरी ब्यारेक फर्कीएका थिए । श’ल्यकृ’या गरेपछि पनि दुखाई कम नभएको श्रीमतीलाई सुनाएका थिए । उनका श्रीमानको नाम

अर्जुन कुमार तामाङ हो । ताप्लेजुङ घर भएकी मिना अहिले घरमा दुई छोरा छोडेर श्रीमान खोज्दै काठमाडौ आएकी हुन् । ५ वर्ष लागेका दुई जुम्ल्याहा छोरा छोडेर काठमाडौ आएकी उनले अझै श्रीमान कहाँ छन् भन्ने थाहा पाउन सकेकी छैनन् । ब्यारेकको सीसीटीभी क्यामेरा हेर्दा पनि उनी कतै बाहिर गएको देखिदैन । शल्यक्रिया गरेर ब्यारेक गएपछि श्रीमतीले लगातार फोन गर्दा पनि उनले उठाएका थिएनन् । त्यसपछि उनले बहिनीलाई पनि भिनाजुको खोजी गर भनेर पठाइन् ।

बहिनीले ब्यारेक भित्रकै मेडिकलका अर्का कर्मचारीलाई भिनाजुको बारेमा सोध्दा उनले म बाहिर आएको छु दाई मेडिकलमै हुनुहुन्थ्यो भनेर सुनाए । तर साँझ उनी फर्केर ब्यारेकमा खोजी गर्दा उनी फेला परेनन् । त्यसपछि आफुले बहिनीलाई ब्यारेकमै गएर भिनाजुको खोजी गर्दा पनि उनी फेला परेनन् । अहिले सम्म खोजी गर्दा पनि अर्जुन फेला परेका छैनन् ।

Categories
Uncategorized

भक्तपुरमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

अरनिको राजमार्ग खण्ड अन्तर्गत भक्तपुरको कौशलटारस्थित ६ लेन सडकमा तीव्रगतिमा गुडेको मोटरसाइकल आज दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार तीव्र गतिमा आएको ना ३२ प ६६७३ नं को मोटरसाइकल अनियन्त्रित भई सडकको बारमा ठोक्किएर दुर्घटना हुँदा पर्सा वीरगञ्ज महानगरपालिका–२० घर भई हाल भक्तपुर नपा–१० कमलविनायक बस्ने ३० वर्षीय लोकनाथ ठाकुरको कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार वीरगञ्ज महानगरपालिका–२० घर भई हाल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर रौतहटमा कार्यरत प्रहरी हबल्दार सियाराम सिंहको गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचार हुन नसकेपछि आजै केएमसी अस्पताल सिनामङ्गल पठाइएको छ । त्यहाँ पनि उपचार हुन नसकेपछि नेपाल प्रहरी अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Categories
समाचार

चारवटा पाटेबाघको घेराबाट जोगिएकाको अनुभव : ‘आफू बाँचेको विश्वासै भएन’ ज्यान जोगाउन हतार–हतार…..

बाघबाट जोगिएर पुनर्जन्म पायौँ, सम्झँदा अहिले पनि मुटु काँपिरहेको छ, बाँचेर फर्किएको विश्वास अहिले पनि लागिरहेको छैन”, बाँकेको गाभरमा बाघको घेराबाट उद्धारपछि बाँचेका कालिका खड्काको भनाइ हो यो । बाघको मुखबाट बाँचेर घर फर्केकी खड्काले भोलिपल्ट बाघको डरले घरबाट बाहिर निस्कन नसकेको बताए ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–१, गाभरका कालिका खड्का, हीरा खड्का र सेतु ओली बस्तीनजिकैको जङ्गलमा भैँसी, बाख्रा चराउन गएको बेला चारवटा पाटेबाघको घेरामा परेका थिए । “चारवटा पाटेबाघले घेरेपछि ज्यान जोगाउन हतार–हतार रूखमा चढ्यौँ, डेढ घण्टासम्म रूखबाटै हारगुहार गरेपछि बल्ल निकुञ्जका हात्तीले आएर उद्धार गर्दा बाँचेर फर्किएका हौँ, बाँच्ने आशा मारिसकेका थियौँ”, खड्कासँगै बाघको घेरामा परेका सेतु ओलीले भने ।

उनले उद्धारपछि तीनै जनाले पुनर्जन्म पाएको अनुभव व्यक्त गरे । बाघबाट जोगिन तीनवटा रूखमा चढेका उनीहरूलाई करिब डेढ घण्टापछि निकुञ्जका हात्तीको सहायताले नेपाली सेनाले उद्धार गरेको थियो । ज्यान जोगाउन रुखमा चढ्दा बाघले आफूूहरूलाई झम्टिन नसकेपछि बाख्रा र भैँसीलाई लखेट्दै तितरबितर पारेका थिए । बाघले रुखवरिपरि घेरा हालेर दाह्रा र नङ्ग्रा ठीक पारेको अवस्था निकै पीडादायी रहेको हीरा खड्काले बताइन् ।

खड्काले त्यो क्षण सझिइन् “भैँसी र बाख्रा चरिरहेका थिए, हामीहरू बसेर गफ गरिरहेका थियौँ,एक्कासि भैँसी र बाख्रा दौडिन थाले । हेर्दा त चारवटा पाटेबाघ नजिकै आइसकेका थिए, ज्यान जोगाउन हतार–हतार रूखमा चढ्यौँ, रुखमा बसेर कराउन, चिच्याउन थाल्यौँ, बाघ हामीलाई घेरा हालेर भुइँमा बसे । अनि हाम्रो त सातोपुल्तो गइहाल्यो नि ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Categories
समाचार

ब्वाइफ्रेण्डलाई पठाउन खोजेको न; ग्न तस्बीर बाबुलाई गएपछि….

एजेन्सी । केही दिन पहिले सामाजिक सञ्जाल ट्वीटरमा कागियालुसोज नाम भएका ट्वीटर प्रयोगकर्ताले च्याट स्क्रीनशट शेयर गरेका थिए, जसमा जेसिका नाम गरेकी एक युवतीले ब्वाइफ्रेण्डलाई पठाउन खोजेको तस्बीर सहितको म्यासेज आफ्नो पितालाई पठाएको देखिएको थियो ।

तस्बीरमा युवतीको बडीभाग मात्रै थियो तर, अनुहार देखिएको थिएन । जुन स्क्रीनशट सामाजिक सञ्जालमा भाइरल भएको थियो । जेसिकाले ब्वाइफ्रेन्डलाई पठाउन खोजेको तस्बीर भुलबस आफ्नो पितालाई सेन्ड हुन खोजेको बुझिन्थ्यो ।

उनका पिताले पनि तुरुन्तै रिप्लाई गरे र जेसिकाले तस्बीर डिलेट गर्न अनुरोध गरिन् । उनले पितालाई भुलबस तस्बीर सेन्ड हुन पुगेको बताइन् ।

छोरीले कुरा सुनेपछि उनका पिताले म्यासेज गर्दै भने, ‘छोरी तिम्रो शरीर पनि तिम्रो आमाको जस्तै छ ।’ आफ्नो पिताको यस्तो जवाफ सुनेपछि छोरीले पितालाई यस्तो भद्दा म्यासेज गर्न भन्दै आफलाइन भएकी थिइन् ।

Categories
समाचार

सुतेको बेला आमाको मृ’त्यु भएपछि मम्मी सुतिरहनुभएको छ भन्दै दुई बालिका लामो समय श’वसँगै बिताए…

रेनेस, फ्रान्स- उत्तरपश्चिमी फ्रान्समा अचानक मृ’त्यु भएकी आमाको श’व लिएर ५ र ७ वर्षका दुई बहिनीले केही दिन एउटा अपार्टमेन्टमा बिताएका भेटिएको क्षेत्रीय अ’भियोजनकर्ताले शनिबार बताएका छन् । “शान्त रहुनुहोस्, मम्मी सुतिरहनुभएको छ,” प्रहरीले महिला र बालबालिकाबारे जानकारी लिन पुग्दा बालिकाहरूले बताएका प्रत्यक्षदर्शीले एएफपीलाई जानकारी गराए ।

मानस शहरमा बुधबार लामो अनुपस्थितिपछि विद्यालयबाट जानकारी गराएपछि उनीहरूको अपार्टमेन्टमा आएका प्रहरी अधिकारीहरूलाई बालिकाहरूले नचलाउन भनेका बताएको अभियोजनकर्ताको कार्यालयले बतायो । त्यसपछि सुरक्षा अधिकारीले आफूहरूले ममीसँग भेटेर जाँने बताएपछि बालिकाहरूले ढोका खोलिदिएका थिए । परीक्षणपछि ती महिलाको केही दिन पहिले नै मृ’त्यु भएको बताएका थिए ।

सन् १९९० मा आइभोरी कोस्टमा जन्मेकी र प्राकृतिक मृ’त्युवरण गरेकी ती महिला केही बर्षदेखि फ्रान्सको मानस सहरमा बस्दै आएकी पत्ता लागेको छ । घटनापछि ती केटीहरूलाई अस्पताल लगेर स्याहार केन्द्रमा राखिएको छ भने उनीहरूलाई मनोवैज्ञानिक परामर्श
दिइराखिएको छ ।

तिनीहरूले आफ्नी मृ’त आमासित अपार्टमेन्टभित्र कति समय बिताएका थिए भन्ने कुरा अझै स्पष्ट हुन नसकेको प्रहरीले बताएको छ ।मानसकी अभियोजनकर्ता डेल्फिन डेभले एएफपीसँग भनिन्, “हामीले आ’पराधिक स’म्लग्नता (परिकल्पना) लाई इ’न्कार गरेका छौं । अब हामी केही दिन पर्खेर ती सानी छोरीहरूको सा’क्षी बयान लिने कोसिस गर्नेर्छौं ।” (रासस÷एएफपी)***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Categories
समाचार स्वास्थ्य

ससुरालीमा बस्दै आएका दीपेन्द्र झु ण्डिएको अवस्थामा फेला

काठमाडौ । ससुरालीमा बस्दै आएका एक युवक मृ त फेला परेका छन् । बझाङको मष्टा गाउँपालिका¬–१ कोटदेवलमा एक किशोर झु ण्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी रुपक खड्काले बाजुराको गौमुल गाउँपालिका घर भएका १७ वर्षीय दीपेन्द्र रोकाया झु ण्डिएको अवस्थामा फेला परेका जानकारी दिए ।

उनको मृ त्युबारे अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए । ११ असोजदेखि ससुराली बस्दै आएका रोकाया घरभन्दा पर रुखमा झु ण्डिएको अवस्थामा फेला परेका हुन् । फाइल तस्बिर

गुल्मीमा यात्रु सहायता कक्ष स्थापना
गुल्मीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्व नजिकिएसँगै यात्रुको संख्या अधिक हुने र ठगी हुने सम्भावनालाई ख्याल गर्दै जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय गुल्मीको संयुक्त पहलमा सहायता कक्ष सञ्चालन गरिएको हो ।

तीन स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । यात्रुको सहजताका लागि तम्घास बजारका दुई बसपार्कमा र गुल्मी भित्रिने मुख्य प्रवेशद्वार रिडीमा सहायता कक्ष सञ्चालन गरिएको ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

सहायता कक्षमा यात्रुहरूको समस्याहरू समाधन गर्न नेपाल प्रहरी र ट्राफिक प्रहरी, स्वास्थ्य सामग्री र खानेपानीको समेत व्यवस्था गरिने आचार्यले बताए । सहायता कक्षमा यात्रुले गाडी नपाउने, भाडा दोब्बर असुल्लने, क्षमताभन्दा बढी यात्रु चढाउनेजस्ता समस्या समाधानको काम हुनेछ ।

त्यस्तै, तम्घास बजारको चापलाई घटाउने प्रहरी प्रशासन र यातयात व्यावसायीबीच दैनिक बिहान ९ देखि ११ बजेसम्म ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

Categories
समाचार

विमान दुर्घटनामा परेर एक बच्चासहित आठ जनाको ज्यान गयो, उक्त विमान दुई तले घरमा परेको थियो

इटालीको मिलान क्षेत्रमा आइतबार भएको एक सानो विमान दुर्घटनामा परेर आठ जनाको ज्यान गएको छ । सो विमान निजी र सानो रहेको थियो ।सो विमान मिलान क्षेत्रको एक बस्तीमा खसेको थियो । उक्त विमान सो बस्तीको दुई तले घरमा परेको थियो । घरमाथि सो जहाज खस्दा त्यसमा रहेका आठ जनाको ज्यान गएको हो ।

उक्त जहाजका चालक, सहचालक र अरु छ जना यात्रुको सो विमान दुर्घटनामा परेर निधन भएको समाचारमा जनाइएको छ । सो जहाज दुर्घटनमा परेर निधन भएकामा एकजना इटालियन नागरिक पनि रहेका छन् । त्यस्तै त्यसमा एक बच्चाको पनि ज्यान गएको छ ।

यहाँका स्थानीयहरुले उक्त दुर्घटना निकै नै डरलाग्दो भएको बताएका छन् । बस्तीमा जहाज खसेपछि त्यहाँका नागरिकहरु निकै आतंकित भएका बताइएको छ । प्रहरीले सो दुर्घटनाको कारण अनुसन्धान गरिरहेको बताएको छ । ठूलो संख्याका उद्धारकर्मी र दमकलहरु सो दुर्घटनाको उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ ।

Categories
समाचार

इभिनिङ वाकमा निस्केकी ३० वर्षकी महिलालाई १८ वर्ष पनि नपुगेका केटाहरुले

काठमाडौ । हाम्रै समाजमा विश्वास नै नलाग्ने घटना सार्वजनिक हुन थालेका छन् । सानै उमेरमा किशोरहरुमा गलत सोच आउने र त्यस तर्फ अग्रसर भएका घटना सार्वजनिक भएका छन् । इटहरी उपमहानगरपालिकामा एक ३० वर्ष उमेर पुगेकी महिलालाई १८ वर्ष उमेर नपुगेका किशोरहरुले कर णी गरेको घटना सार्वजनिक भएको छ ।

इभिनिङ वाकमा निस्केकी महिलामाथि १८ वर्ष उमेर नपुगेका ४ र अन्य २ युवकले कर णी गरेको घटना सार्वजनिक भएको छ।इटहरी उपमहानगरपालिका ८ भुर्कीमा ३० वर्षीया महिलामाथि असोज १५ गते घटना भएको हो । तर यो घटना भने प्रहरीले सोमबार मात्रै सार्वजनिक गरेको छ।

ती महिलालाई अपरान्ह ५ बजे ६ जना पुरुषले हात पात गरी कर णी पछि उनले लगाएका सुनका गहना पनि लिएर गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

महिलालाई धान खेतमा लगेर कर णी भएको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । प्रहरीले ति मध्य एक जना युवकलाई सार्वजनिक गरेको छ । एक जना सम्पर्क विहिन भएको र अन्य ४ जना १८ वर्ष उमेर नपुगेका किशोर भएको थापाले बताए।

ति केटाहरुले महिलाको दुई तोला चार आनाको सुनको सिक्री र नगद तीन हजार रुपैया लिएर गएका थिए । प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये चार जना नाबालक १८ वर्ष मुनिका छन्।

अर्का एक जना भने सम्पर्क विहिन रहेको थापाले बताए। ती महिलाले प्रहरीमा पुगेर घटनाबारे जानकारी दिएपछि प्रहरी अनुसन्धानमा लागेको हो । महिलाको स्वास्थ्य परिक्षण समेत गरिएको छ । पक्राउ परेकामध्ये इटहरी १४ का सुनिल चौधरीलाई प्रहरीले सार्वजनिक गरेको छ।

Categories
समाचार

उत्तर इटालीको सहर मिलानमा रहेको भवनमा निजी विमान खस्दा अर्बपतिसहित ८ को मृत्यु

एउटा निजी विमान उत्तर इटालीको सहर मिलानमा रहेको खाली अफिस भवनमा खस्दा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको छ । सार्डिनिया टापुका लागि मिलानको लिनाते विमानस्थलबाट उडान भरेको सो विमान केही बेरमा नै दुर्घटनाग्रस्त बनेको थियो ।

इटालियन मिडियाका अनुसार विमानका चालक ६८ वर्षीय रोमानियन अर्बपति डान पेट्रेस्कु रहेका थिए । उनीसँगै उनको पत्नी र छोराको पनि मृत्यु भएको छ । पेट्रेस्कु रोमानिया सबैभन्दा धनी व्यक्तिहरु मध्येमा पर्दछन् ।

दुर्घटनापछि अफिस भवन र पार्किङ गरिएका गाडीमा आगलागी भएको थियो । तर, जमिनमा रहेका कोही पनि घाइते भएनन् । दुर्घटनाको कारणबारे छानबिन सुरु गरिएको छ । केही प्रत्यक्षदर्शीले एकल इन्जिन रहेको पिलाटस पीसी–१२ विमानमा दुर्घटनाअघि नै आगोका लप्काहरु देखिएको बताएका छन् । बिबिसी