Categories
समाचार

मेलम्ची बा’ढी पी’डितको नाममा सहयोग संकलन गरे २ वर्ष कै’द र १ लाख ज’रिवाना हुने

काठमाडौं । मेलम्चीमा बाढी प्रभावितको नाममा चन्दा वा सहयोग संकलन गरे दुई वर्ष कै’द र एक लाख ज’रिवानाको चे’तावनी दिइएको छ।

जिल्ला प्रशासन कार्यालयले आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले राहत वा च’न्दा सहयोग संकलन गरेमा, बजार मूल्य ब’ढाएमा, कृत्रिम अ’भाव सिर्जना गरेमा, गुणस्तरहीन बस्तुको कारोबार गरेमा दुई वर्ष कै’द तथा एक लाख रुपैयाँ ज’रिवाना गराउने चे’तावनी दिएको हो।

‘विपद् जो’खिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा २४ (१) (ख) बमोजिम ‘अनुमति लिई वा नलिई विपदका नाममा चन्दा, राहत वा सहयोग संकलन गरेमा र ऐ ऐनको द’फा १ (ख) मा वि’पदको समयमा अ’प्राकृतिक रूपमा बजारमूल्य वृद्धि गरेमा वा का’लोबजारी गरेमा वा गु’णस्तरहीन वस्तु वा सेवाको का’रोबार गरेमा’ त्यस्तो कार्य गर्नेलाई कसुरको मात्रा हेरी एक लाख रुपैयाँसम्म ज’रिवाना

वा २ वर्षसम्म कै’द वा दुवै सजाय व्यवस्था भएकोले त्यस्तो ग’लत क्रियाकलाप नगर्न नगराउन, भए गरेको जानकारी वा सूचना प्राप्त भएमा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकी वा (मोबाइल नम्बर ९८४१३९२८८३) मा जानकारी गराइदिन सर्वसाधारण सबैसँग अनुरोध छ,’ सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जारी विज्ञप्तिमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *