Categories
रोचक

यी युवती टिकटकमा रातारात भाइरल – को हुन यिनी ?(भिडियो)

टिकटकको भाईरल निशाना अहिले धनकुटा तर्फ फर्किएको छ । धनकुटाकी लक्ष्मी बिष्ट रातारात टिकटकमा भाईरल भएकी छिन । भाईरल बन्दै गएको उनको भिडियो ४ दिनमा झण्डै ४ लाखले हेरिसकेका छन भने २६ हजार बढी लाईक (लभ) गरीसकेका छन । यहि अबधि भित्र ७ हजार बढीले फ्लो गरिसकेका छन ।छथर जोरपाटी गाउपालिका वडा. न. ६ सिधुवा मजुवा धनकुटा घर भएकी उनि हाल धनकुटा वहुमुखी क्यायाम्परसमा प्रथम वर्षमा अध्ययनरत छिन । उनको परिवारमा आमा बाबा दिदी दाईभाई लगायत ६ जना छन्।

एसईइ पछि उत्तरपानी प्राविधिक शिक्षालय बाट plant science JTA level १८ महिने पछि ´काेर्ष´ सकेर सिधुवा मा रहेको सरस्वती मा. वि बाट म्यानेजमेन्ट १२ कक्षा अध्ययन गरिसकेकी उनि नृत्य गर्ने, हास्या व्यंग्य खेलकुदमा फुटबल भलिबल खेल्न, अभिनय गर्ने , नया ठाउ हरु घुम्न मन पर्ने, गीत सुन्न, किताब हरु पढ्न, आफुले सक्ने सहयोग अरुलाइ गर्न रुची राख्छिन्।

उनको सपना चही आफुलाइ अरु सामु चिनाउन सक्नु नृत्य सिक्दै अफिसियल म्यूजिक भिडियो खेल्ने ताकि जस्ले उनको भविष्य पनि बनियोस, पैसा पनि कमियोस, र साथै पहिचान पनि बन्नियोस । परिवारले आफु प्रती गर्व पनि गर्न सकुँ भन्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *