Categories
समाचार

रोनाल्डोले बराबरी गरे सर्वाधिक अन्तर्राष्ट्रिय गोलको किर्तिमान

एजेन्सी । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा अर्को रेकर्ड बनाएका छन् । बिहीबार विहान युरो २०२० अन्तर्गत फ्रान्सविरुद्ध दुई गोल गरेका रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्याको कीर्तिमानी बराबरी गरेका हुन् ।

फ्रान्सविरुद्धको खेलमा दुई गोल गरेसँगै रोनाल्डोको अन्तर्राष्ट्रिय गोलसंख्या १ सय ९ पुगेको छ । अन्तर्राष्ट्रिय फुटबलमा ईरानका अली देईले मात्र यति धेरै गोल गरेको इतिहास छ ।

अलीले १९९३ देखि २००६ सम्म ईरानबाट १ सय ४९ खेल खेल्दै १ सय ९ गोल गरेका थिए । रोनाल्डोले आफ्नो १ सय ७८ औं अन्तर्राष्ट्रिय खेलमा यो किर्तिमान बराबरी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *