Categories
समाचार

नेपाली सेनामा कार्यरत दक्षिण सुडानमा खटिएका आफ्नै बाबु र छोराले शान्ति स्थापनार्थ उल्लेखनीय भूमिका खेलेको भन्दै युएनबाट पाए पदक सहित प्रशंसा पत्र

यो पटक सुडानमा मा’ओवादी लडाकुबाट नेपाली सेनामा समायोजन भएका दुई जोडी ‘श्रीमान् र श्रीमती’ले पनि शान्ति स्थापनार्थ उल्ले’खनीय भूमिका खेलेको भन्दै प्रशंसा पदक पाएका छन् ।  नेपालबाट शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका नेपाली सेनाका बाबु र छोराले एकै पटक युएनको पदकसहित सम्मानित भएका छन् । नेपाली सेनाका सहायक रथी दीपक बानियाँ बाबु र प्रा’विधिक उपसेनानी दिव्य’प्रताप बानियाँलाई युएनले शुक्रबार सम्मान गरेको हो ।

दीपकले दक्षिण सुडानमा ६ वटा सेक्टरमध्ये पूर्वी सेक्टरमा कमान्ड गर्दै आइरहेका छन् । उनका छोरा दिव्य भने राजधानी जुवामा गोरखबहादुर गणमा कार्यरत छन् । दीपकले आफ्नो फेसबुक’मार्फत यसरी युएन मिसनमा खटिँदा बाबु र छोराले एकै पटक पदक पाएको पहिलो पटक रहेको दाबी पनि गरेका छन् । यस्तै, दीपकका अनुसार यो पटक सुडानमा माओवादी लडाकुबाट नेपाली सेनामा स’मायोजना भएका दुई जोडी श्रीमान् र श्रीमतीले पनि शान्ति स्थापनार्थ उल्लेखनीय भूमिका खेलेको भन्दै युएनबाट प्रशंसा पदक पाएका छन् ।

पदक आउने ती जोडीको नाम सैनिक मुख्यालय जंगी अड्डाले सार्वजनिक गरिसकेको छैन । अर्को एक जोडीले पनि पदक पाएका छन् । यस्तै, एक जोडी जु’म्ल्याहा दाजु–भाइसहित अर्को एक जोडी दाजुभाइले पनि पदक पाएका छन् । उनीहरुको नाम पनि बाहिर आउन बाँकी नै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *