Categories
समाचार

मनकारी गायिका एलिना चौहान २ सय परिवालाई गरिन खाद्यान्न सहयोग

काठमाडौं : पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा एक छत्र राज गर्न सफल लोकप्रिय गायिका हुन् एलिना चौहान। आफ्नो जादुमया आवाजले करोडौं नेपाली दर्शक स्रोताको मन जितेकी एलिनाका सयौं गीत बजारमा छन् । जसमध्ये अधिकांश गीतहरू लोकप्रिय छन् ।

व्यवहारमा पनि सरल देखिने एलिना गायनमा मात्रै होइन पछिल्लो समय सामाजिक कार्यमा पनि अग्रसर देखिएकी छिन् । उनले हालै मात्र चितवनको एक नगरपालिकामा बस्ने गरिब वासिन्दालाई खाद्यान्न सहयोग गरेकि छ्न। चितवनको राप्ती नगरपालिका १३ का गरिब परिवारलाई दाल, चामाल, नुन तेल लगायतका खाद्यान्न सहयोग एलिनाले शनिबार उक्त स्थानमै गएर हस्तान्तरण गरेकी हुन् ।

वर्षदिन काम गरेर पनि खान नपुग्ने त्यस स्थानका वासिन्दालाई केही खाद्यान्न सहयोग गर्न पाउँदा आफुलाई निकै सन्तुष्टि मिलेको कुरा एलिनाले बताएकी छिन् । उनले आफ्नो फेसबुक वालमा सहयोग गर्दाका तस्वीरहरु सेयर गर्दै सहयोग सम्बन्धि जानकारी गराएकी हुन् ।आफू टिकटक लाइभमा बस्दा लाइभबाट आएको पैंसा र देश विदेशमा रहनुभएका नेपालीमनहरुको सहयोग मिसाएर उक्त सहयोग गर्न सफल भएको पनि एलिनाको भनाइ छ । विकट ठाउँ भएकोले त्यस स्थानमा आजसम्म सहयोग लिएर कोही नपुगेको र आफुले सहयोग लिएए जाँदा ति गरिब वासिन्दाहरु खुशी भएको एलिना बताउँछिन् ।एलिनासंगै अर्का गायक किरण भुजेल पनि सहयोग लिएर सो स्थानमा पुगेका थिए।

सहयोग सम्बन्धि आफ्नो अनुभव र विस्तृत विवरण एलिनाले आफ्नो फेसबुक वालमा यसरी लेखेकी छिन् :-“म आज खुशी भएकाे पल, धेरै थाकेकाे छु। तरपनि याे थकान सम्झिंदा आनन्द आउँछ । यी मैले सेयर गरेका फेटाेहरुले प्रत्यक्ष बाेलि रहेका हाेलान ।तपाई मिठाे के खानु हुन्छ ?चामलकाे भात । (सुन्दा अचम्म लाग्दाे हाे हजुरहरुलाई)

केहि दिन अघि किरण दाजु र मैले राप्ति नगरपालिका १३ काे समाचार सुनेर त्यहाँ खाद्यान्न पुर्याउने संकल्प लिएका थियौं। यसै बिच टिकटक लगायतकाे साेसिअल प्लाटफर्ममा जाने कुरा गर्दा धेरैले सहयाेग गर्ने बाचा गर्दै साेचेकाे भन्दा धेरै आर्थीक सहयाेग गर्नु भयाे ।भन्नेहरुले त भन्दै थिए सुगम जिल्लामा खान नै नपाई गिठ्ठा भ्याकुर खाँदै जिवन कटाउने काेहि नहाेला । हुनपनि हाे चितवन जस्ताे जिल्ला अनि नगरपालिका तर समाचार झुठाे थिएन । किनकि हामीले समाचार सुने लगतै त्यहीँकाे वडाध्यक्ष र उप मेयरसंग लगातार कुराकानि गरी रहेका थितौँ । त्याे गाउँमा पुगेपछि थाहा भयाे मिहेनत गरेरपनि वर्षभरी खान नपुग्ने रहेछ । धानकाे चामलकाे त परकाे कुराे, मकैकाे पिठाे काेदाेकाे ढिडाे खान नपाएर गिठ्ठा भ्याकुर, चिउरी, टाँकि, सिस्नाे खाई जिवन गुजार्दाे रहेछन् ।

शरिर ढाग्ने लुगा लगाउँन पाउँदाे रहेनछन् । ८/१० घण्टा टाढाबाट खाद्यान्न लिन आएकाे कुरा थाहा भयाे । यति सम्मकि चामल बाँड्दैछन् भन्ने सुनेपछि चामल बाँड्ने मान्छेहरु कस्ता हुन्छन भन्दै हेर्न आएकाे कुरापनि थाहा भयाे । धेरै कठिन परिश्रमले गाडि त्यहाँ पुग्दाे रहेछ । धेरैकाे घर जान खोज्यौँ तर सपनामा पनि त्याे सम्भव देखिएन किनकि १ बाट अर्काे घर जाँन १०/१५ देखि घण्टाै लाग्ने रहेछ । तलबाट सोध्दा माथि टुप्पाेकाे घर देखाउँदै त्यहाँबाट आएकाे भन्दै थिए धेरै । अनि हामीले दिएकाे सहयाेग लिएर भारी बाेकेर त्यहि पुग्नु पर्ने काेहि त रातकाे १२ बजे तिर पुग्छौँ भन्दै थिए ।

हामी काे हाे ? कस्ले सहयाेग दिँदै छ? हामी अन्जान थितौँ त्याे समाजकालागी । उहाँहरु लाई केहि थाहा थिएन । बस थाहा थियाे त केहि दिनकाे लागि मिठाे खान पाउँदै छौँ । बाटाे असहज भएका कारण आज सम्म काेहि सहयाेग लिएर नआएकाे कुरापनि त्यहि गएपछि थाहा भयाे । २ सय ५० वटा घरलाई सहयाेग दिन पाउँदा धेरै नै खुशी भएकाे छु । बाँकि भिडियाेमा हेर्न पाउनु हुने छ । यस कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयाेग पुर्याउनु हुने सबै सहयाेगी हातहरुलाई एकमुस्ट धन्यवाद दिन चाहान्छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *