Categories
समाचार

ज्वाला संग्रौला प्रकरण थप पेचिलो बन्दै ! यस्ता नक्कली कागजात फेला परे, ११ वर्ष कैद हुनसक्ने

काठमाडौ । प्रहरी हिरासतमा रहेकी ज्वाला संग्रौलाका सरकारी कागजात नक्कली भएको प्रमाण फेला परेका छन् । उनको जन्मदर्ता, विवाह दर्ता लगायतका कागजात नक्कली भएको प्रमाण फेला परेका हुन् । अ भद्र ब्यवहार सम्बन्धी विषयमा पक्राउ परेकी ज्वालाको कागजात अनुसन्धान गर्दा यस्तो फेला परेको हो । संग्रौला दम्पतिले सरकारी कागजात कीर्ते गरेको पाइएको छ। ज्वाला संगै उनका पति हिमाल उपाध्याय र आफुलाई सामाजिक अभियन्ता बताउने एक युवती पनि पक्राउ परेका थिए ।

प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुले सरकारी प्रमाणपत्र कीर्ते गरेको भेटिएको हो। अनुसन्धानका क्रममा जन्मदर्ता तथा नाता प्रमाणित र सम्बन्ध विच्छेदको प्रमाणपत्रमा कीर्ते गरिएको अनुसन्धानबाट खुलेको परिसरका प्रमुख अशोक सिंहले जानकारी दिए ।

ज्वालाको पाँचथरको शैलुङ गाउँपालिकाबाट जारी भएको जन्मदर्ताको प्रमाणपत्र कीर्ते भेटिएको छ। उनले गाउँ पालिका भइसकेपछि प्रमाणपत्र लिएकी थिइन् । त्यस्तै उनका पति हिमाल उपाध्यायसँग गरिएको नाता प्रमाणित पनि कीर्ते पाइएको अनुसन्धानवाट खुलेको हो ।

अछामको मंगलसेन नगरपालिकाबाट यी दुईबीच नाता प्रमाणीकरणको कुनै पत्र जारी नभएको अनुसन्धानका क्रममा देखिएको छ । हात पात र अ भद्र व्यवहार गरेको भन्दै ज्वाला पति हिमालसहितलाई गत असार ६ गते प्रहरीले पक्राउ गरेको थियो। अहिले उनीहरुलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

३ वटा कसूरमा अनुसन्धान, दो षी ठहरिए ११ वर्षसम्म कै द
संग्रौलाविरुद्ध अहिले एकैसाथ तीन वटा मु द्दामा अनुसन्धान भइरहेको छ– अ भद्र व्यवहार, जातीय विभेद तथा छुवाछुत र लिखतसम्बन्धी कसूर।

ट्राफिक प्रहरीलाई कार्यालयमै गएर जातिय विभेद सम्बन्धी कसुर गरेको देखिएको छ । त्यसमा जातीय विभेद गरेको पाइएमा त्यस्ता व्यक्तिलाई ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

युवा संघकी नेता घिमिरेको उजुरीअनुसार कसूर प्रमाणित भएमा अ भद्र व्यवहारको कसूरमा संग्रौलालाई बढीमा १ वर्षसम्म कै द र १० हजार रुपैयाँसम्म जरिवाना हुने देखिन्छ। सरकारी वा सार्वजनिक लिखत कीर्ते गर्नेलाई ७ वर्षसम्म कै द र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *