Categories
समाचार

काठमाडौमा घटेन संक्रमण, विहिवार थपिए यतिधेरै संक्रमित

काठमाडौ । काठमाडौ उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएको छ । तर लगातार दुई दिन काठमाडौमा संक्रमितको संख्या बढ्दो क्रममा छ । बिहीबार काठमाडौं उपत्यकामा ५७२ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३१६, ललितपुरमा ७४ र भक्तपुरमा २९ संक्रमित थपिएका हुन्। काठमाडौं उपत्यकामा कुल ८ हजार ३ सय ५४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

हाल काठमाडौं जिल्लामा ५ हजार ११, ललितपुरमा १ हजार ९४८ र भक्तपुरमा १ हजार ३९५ सक्रिय संक्रमित छन्। थप २७६० जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १० हजार ९ सय ८५ जनामा परीक्षण गरिएको थियो।

७१३० जनामा पिसिआर परीक्षण गरिएकोमा १८५७ र ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जनामा संक्रमण देखिएको हो। यस्तै ४ हजार १७ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै थप ३३ जनाको को रोनाबाट मृत्यु भएको पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *