Categories
समाचार

जन्मेको २४ घण्टा पनि बाच्दैन भनिएका व्यक्तिले सबैलाई चकित पारे, ४४ वर्षमा गर्दैछन् यस्तो !(फोटो फिचर)

हामी कसैलाई थाहा हुन्न कि किस्मतले मानिसलाई कता लैजान्छ भनेर। ब्राजिलका एक मानिस जो आफ्नो टाउको खुट्टा तर्फ फर्किएको अवस्थामा जन्म लिएका थिए। उनलाई डाक्टरहरुले जन्मेको २४ घण्टा पनि बाच्न सक्दैन भनेका थिए तर आज उनी ४४ वर्षका भइसकेका छन्।

टाउको भुइँ तर्फ फर्केका यी ब्राजिलियन व्यक्तिको नाम क्लाउडियो भिएरा डी ओलीभरा हो। उनी उत्तर-पूर्वी ब्राजिल राज्य बहियामा बस्छन्। उनी जन्मजात रूपमा आर्थ्रोग्रीपोसिस मल्टिप्लेक्ससँग लडिरहेका छन्। यस्तो अवस्थाको कारण उनको खुट्टाको मांसपेशीहरू क्षय हुन्छ, उनको पाखुरा उसको छातीमा अड्कन्छ र उनको टाउको खुट्टातर्फ फर्किएको छ।

विशेषज्ञहरूले जन्मेको २४ घण्टा पनि बाच्न सक्दैन भनेका क्लाउडियो एक प्रेरणादायक वक्ता हुन्। ब्राजिलका यी अदभूत मानिसलाई उनको अशक्तताले आफूलाई मनपर्ने कुरा गर्नबाट रोक्न सकेको छैन। तर कोरोना भाइरसको विश्वव्यापी महामारीको कारण भने उनको सबै रहर तत्कालका लागि भने रोकिएका छन्।

उनले ब्राजिलियन समाचार साइट जी १ सँग कुरा गर्दै भने, “मलाई कुनै पनि प्रकारका कठिनाइहरु छैनन्, मेरो जीवन सामान्य छ। म पूर्ण रूपमा क्वारेन्टाइनमा छु किनकि यो कोभिड धेरै आक्रामक र खतरनाक छ, त्यसैले हामी डराएका छौं। म अरु भन्दा दोब्बर होशियार छु, मैले डेढ वर्ष देखि आफूलाई घरमै आइसोलेट गरिरहेको छु। अत्यावश्यक काम पर्दा बहेको घरबाट बाहिर निकिएको छैन।”

क्लाउडियोले एउटा कुरा सुनिश्चित गरेका छन् कि उनको शारीरिक अवस्थाले उनलाई कुनै पनि तरिकाले पछि नपारोस्। बरु सात वर्षको उमेरदेखि नै उनले आफ्नो जीवनको हरेक पल अर्थपूर्ण बनाएका छन्। उनले आफ्नी आमाको सहयोगमा घरमै कसरी पढ्ने र लेख्ने भनेर सिकेका थिए।

उनको शारीरिक अवस्थाले धेरै चीजहरुमा समस्या हुने भएता पनि आजसम्म उनको ४४ वर्षको जीवनमा कहिल्यै पनि हेर्न, खान, पिउन र सास फेर्न भने कुनै समस्या भएको छैन। जो व्यक्तिलाई २४ घण्टा भन्दा धेरै बाच्न सक्दैन भनिएको थियो, उसले डिभिडी लन्च गरेका छन्, एक आत्मकथा लेखेका छन् र सन् २००० देखि मोटिभेशनल स्पिकरको रूपमा विभिन्न स्पीच दिँदै आएका छन्।

तर चलिरहेको महामारीका कारण उनले आफ्ना यस्ता कार्यहरु रोक्नु परेको छ। उनले प्रकाशनसँग बताए, “मैले मेरो कामलाई धेरै याद गरिरहेको छु। यहि अप्रिल २८ मा पर्नाम्बुको राज्यको बेजाररा नगरपालिकामा मैले एउटा स्पीच दिनु पर्नेछ। यदि महामारी सजिलो भयो भने हामी अगाडि बढ्नेछौं।” उनी यो महामारी सकिए लगत्तै आफ्नो काममा फर्किन आतुर छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *