Categories
समाचार

४ वर्षकी बालिकाले गोठमा लाइटर खेलाइन्, आगलागी हुँदा जलेर निधन

काठमाडौ । सानी बालिकाले गोठमा असावधानीका साथ लाइटर चलाउँदा आगलागी हुँदा बालिकाको निधन भएको छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को गोठमा आगलागी हुँदा एक बालिकाको निधन भएको हो ।

आईतबार भक्तिशरी राईको गाई गोठमा आगलागी भएको हो । गोठमा समिता राई खड्काकी चार वर्षीया छोरी धनकुमारी खड्का खेल्दै थिइन् । त्यही बेलामा भएको आगलागीले बालिकाको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार आगोमा जलेर घाइते भएकी बालिकाको उपचार गर्न नपाउँदै ज्यान गएको हो।

त्यस्तै, आगलागीमा जलेर गोठमा रहेका दुई गाई र चार खसीबाख्रा पनि म रे का छन्। बालिकाले गाईगोठभित्र लाइटर खेलाउँदा आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *