Categories
समाचार

पाकिस्तानस्थित चिनियाँ परियोजनामा कामदारहरुको साथमा ब’न्दुक

इस्लामाबाद । पाकिस्तानमा चिनियाँ परियोजनामा कामदारहरुले बन्दुक साथमा राखेर काम गरिरहेका छन् ।पाकिस्तानको दासु क्षेत्रमा बम बि’ष्फो’टमा नौ जना चिनियाँ कामदारहरुको ज्या’न गएपछि चिनियाँ परियोजनाका कामदारहरुले साथमा ब’न्दुक राखेर काम गरिरहेका छन् । पाकिस्तानमा चीन पाकिस्तान आर्थिक कोरिडोर परियोजना लक्षित आ’क्र’म’ण तथा घटना हुने गरेको आशंका को बीच चिनियाँ कामदारहरुले साथमा ब’न्दुक राख्न थालेका हुन् ।

उनीहरुले आ’त्मरक्षाका लागि एके फोट्टी सेभेन ब’न्दुक साथमा राख्ने गरेको पाईएको छ । गत जुलाई १४ मा खेबर पख्तुन्ख्वास्थित दासु जलबिधुत परियोजना तर्फ गईरहेका कामदारहरु सवार बस बि’ष्फोट भई दुर्घटना भएको थियो । बस बि’ष्फोटमा नौ जना चिनियाँ कामदार सहित १२ जनाको ज्या’न गएको थियो ।

कामदारहरुले बन्दुक साथमा राखको बिषयले स्पेशल सेक्युरीटी डिभिजन माथि प्रश्न उठेको छ । पाकिस्तान सरकारले चीन पाकिस्तान आर्थिक कोरिडोर परियोजनाको सुरक्षाका लागि सन् २०१६ मा उक्त स्पेशल सेक्युरिटी डिभिजन स्थापना गरेको हो । स्रोत विअन

Leave a Reply

Your email address will not be published. Required fields are marked *