Categories
समाचार

एसईई गत वर्षजस्तै आन्तरिक मूल्यांकनबाट गर्नुपर्नेमा जोड

काठमाडौँ । एसईई परीक्षा गत वर्षजस्तै आन्तरिक मूल्यांकनबाट गर्न निजी क्षेत्रका विद्यालयहरुको संस्था प्याब्सन, एन प्याब्सन र अभिभावक संघले दबाब दिइरहेका छन् ।

संक्रमणको अवस्था भयाभह भएको बेला एसईई परीक्षा सम्भव छैन नरहेको र गत वर्षमा जस्तै विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा अन्तिम परिणाम सार्वजनिक गरियोस् भन्ने आवाज उठिरहेको छ ।

गत वर्ष दैनिक ५ जना कोभिड संक्रमणमा परिरहेका बेला विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा एसईईको अन्तिम परिणाम निकालियो, यस पटक यो संख्या बढेर ८ हजार पुगेको छ, अवस्था हेरेर पनि सरकारले आन्तरिक मूल्याङ्कन गर्ने निर्णय गर्नुपर्ने अभिभावकहरुको माग रहेको छ ।

यतिबेला विद्यालय र अभिभावकहरुका तर्फबाट शिक्षा मन्त्रालयमाथि चौतर्फी दबाब परेको बुझिएको छ । चौतर्फी विवादका बिच मन्त्रालय र परीक्षा बोर्डका अधिकारीहरु पनि एसईई विगत वर्षमा जस्तै आन्तरिक मूल्यांकनमा आधारित गर्नुपर्ने निष्कर्षमा पुगेको शिक्षा मन्त्रालयका एक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *