Categories
समाचार

मलाई भ्याक्सिनले हैन बाइबलले बचाउछ भन्दै कोरोना भ्याक्सिन लगाउन नमान्ने ३४ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु (भिडियो)

एजेन्सी, १३ श्रावन । कोरोना भाइरस जस्तो महामा.रीलाई आफ्नो धर्म र भगवानसंग तुलना गरेर मुर्ख अभिव्यक्ति दिदै आएका एक युवकको मृत्यु भएको छ । कोरोना बि.रुद्दको भ्याक्सिनको वि.रोधी संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यका हिल्सङ मेगाचर्चका सदस्य ३४ वर्षीय स्टीभन हार्मनको कोरोना संक्रमण कै कारण मृत्यु भएको हो । उनले आफुलाई भ्याक्सिनले नभएर प्रभुले बचाउने जस्तो हास्यास्पद अभिव्यक्ति दिदै आएका थिए ।

‘मलाई ९९ वटा समस्या छन् तर तीमध्ये खोप चाहिँ हैन ।’ – खिसी गर्दै हार्मनले भनेका थिए । अमेरिकी वरिष्ठ विज्ञ डा एन्थोनी फाउचीमा भन्दा बाइबलमा विश्वास रहेको भन्दै बनाइएका मीम पनि उन च ले शेयर गरेका थिए । कोभिड संक्रमणले करिब एक महिना थलिदा समेत उनको त्यस्तो अभिव्यक्तिले धेरैलाई चकित बनाएको थियो । नभन्दै उनलाई संक्रमण बढ्दै गएर निमोनिया भै गत साता उनको मृत्यु भएको हो । उनले संक्रमणको अन्तिम दिन सम्म खोपले भन्दा धार्मिक आस्थाले बचाउने विश्वास ब्यक्त गरिरहेका थिए ।

भिडियो रिपोर्ट हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *