Categories
समाचार

यीनै हुन् भारतीय एसएसबीले तुइन का’टिदिँ’दा महाकालीमा बगेका जयसिंह धामी

व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन का’टिदिँ’दा एक व्यक्ति नदीमा बे’पत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् ।

महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन का’टि’दि’एको स्थानीय विक्रमसिंह धामीले बताउनुभयो । “भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासि तुइन का’टि’दि’योे, नदीको बिच भागमा पुग्ने बेला तुइन का’टि’एप’छि उनी बे’पत्ता भएका हुन्, पाँच छ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै आइरहेका थियौँ” धामीले भन्नुभयो, “पाँच छ जना तुइनबाट भारत तरेका थिए, जयसिंह तर्ने बेला एसएसबी पुगेर तुइन का’टि’दि’ए, भारत पांगलमा रहेका एसएसबीले तुइन का’टि’दि’एका हुन् ।”

धामी बे’पत्ता भएपछि अहिले स्थानीय आ’क्रो’शि’त बनेका छन् । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।

शुक्रबार बिहान सवा ८ बजेतिर वृद्धभत्ता ल्याउन सदरमुकाम जान हिँडेका मनिरामसिंह धामी, गौरसिंह धामी र आमाको भत्ता लिन गएका अमरसिंह मालघाट पुगेका थिए। विदेश जाने तयारीमा रहेका जयसिंह धामी, विक्रम रंकली र अमता धामी पनि तुइनसम्म पुगेका थिए।स्थानीय बहादुरसिंह धामी र तुइन सञ्चालक कल्याण धामी त्यहीँ थिए।

एक-एक जना गरी उनीहरूले तुइन तर्न सुरू गरे। भत्ता लिन जाने ३ जना तरिसकेका थिए। काठमाडौं जानेवाला २ जना वारि नै थिए। जयसिंहको तर्ने पालो आयो। ३३ वर्षका जयसिंहले ७ वर्ष जति नेपाली सेनामा काम गरेपछि जागिर छोडेका थिए। अहिले उनी विदेश जाने तयारीमा थिए।‘काठमाडौंमा भिसा आएको भन्ने खबर एक-दुई दिन अगाडि आएको थियो, त्यही कामका लागि काठमाडौं जान हिँडेका थिए,’ जयसिंहका भाइ नरेन्द्र धामीले भने।

यहि घटनालाई लिएर गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा वेपत्ता भएको घटनाको आवश्यक छानविन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाँडले गृह सचिवसहित प्रहरी महानिरीक्षक तथा स्थानीय प्रशासनलाई तत्काल घटना छानविन गरी वास्तविकता पत्ता लगाउन निर्देशन दिएको उनिका निजी सचिव नरेन्द्र केसीले जानकारी दिए ।

स्थानीय प्रशासनका अनुसार अहिलेसम्म दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ बाट भारतको पङ्गला जान खोज्दा तुइन चुँ’डि’एर स्थानीय ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा वे’पत्ता भएको जानकारी प्राप्त भएको जनाइएको छ । स्थानीयले भने तुइनबाट महाकाली नदी पार गर्न लाग्दा भारतीय सीमा सुरक्षा बलको टोलीले तुइनको फलामे डोरी का’टे’प’छि नदीमा खसेर वे’पत्ता भएको आरोप लगाएका छन् ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्टले अहिलेसम्म तुइन चुँ’डि’एर खसेको भन्ने जानकारी आएकाले जानकारी दिए । उनले भारतीय एसएसबीले डोरी चुँ’डा’लेको भन्ने कुराको आधिकारिक जानकारी नआएको पनि बताए । घटनास्थलमा ससस्त्र र नेपाल प्रहरीको टोली खोजतलासमा गएको र स्थानीयको आरोपअनुसार भारतीय एसएसबीसमेतलाई पत्राचार गरी के कस्तो भएको हो सत्यतथ्य पत्ता लगाइ जानकारी दिन भन्दै पत्राचार गरिएको भट्टले बताए ।

यसै क्रममा नेपाली काङ्ग्रेसले दार्चुलाको खलङ्गा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा नदीमा वेपत्ता भएको घटनासँग सम्बन्धित प्रश्नप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

भारतीय एसएसबीका जवानले तुइन का’टि’दि’एका कारण घटना भएको समाचार सार्वजनिक भएपश्चात जिल्ला पार्टी सभापति ललितसिंह बोहरा र अन्य नेतृत्व तहले स्थानीयरूपमा गरेको थप सम्पर्क पश्चात सोही विवरण केन्द्रमा प्राप्त भएको काङ्ग्रेसले जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत नदी तर्ने क्रममा तुइन का’टि’दि’एपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा ख’सेर बे’पत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै होइन अमानवीय र अत्यन्तै आ’पत्ति’ज’नक भएको उल्लेख गरेका छन् ।

घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा सम्वाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन/दिलाउन पार्टीका तर्फबाट उनले सरकारसँग माग गरेका छन् । आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्ने प्रवक्ता शर्माले विश्वास लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *