Categories
समाचार

श्रीमतीलाई सर्लाही पुगेर आउँछु भनि ढाँटेर साथीभाइसँग मस्ती गर्ने सोचले वीरगञ्ज पुग्दा…..

सवारीचालक अनुमति पत्र (लाइसेन्स ) बनाउन वीरगन्ज आएका काठमाडौंका एक युवकको ह’ ‘त्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। प्रहरीले वीरगन्ज ७ रामटोलका २५ वर्षीय राहुल महर्जन र २७ वर्षीय दीप लामा तथा बाराको फेटा ३ का २७ वर्षीय धनन्जय रजकलाई पक्राउ गरेको हो।

घटनामा भारत मोतीहारीका ३० वर्षीय रवि सर्राफ भने फ’रार रहेको प्रहरीले जनाएको छ। सर्लाही लालबन्दी नगरपालिका १ घर भइ हाल काठमाडौंको गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिनको घटनामा सं’लग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

सर्लाहीको लालबन्दी–१ घर भई काठमाडौंको गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिन श्रीमतीलाई सर्लाही पुगेर आउँछु भनेर निस्किए । तर उनी अब कहिल्यै घर फर्कने छैनन् । प्रहरीले दिएको जानकारी अनुसार ज्ञानु घरमा सर्लाही जान्छु भनेर ढाँटेर साथीभाइसँग म’स्ती गर्ने सोचले वीरगञ्ज आएका थिए ।

साउन १३ गते बुधबार २ जना साथीसँगै उनी वीरगञ्ज आइपुगे । विगतमा सुमो चलाउने क्रममा वीरगञ्जका राहुलसँग उनको दोस्ती बनेको थियो । पछिल्ला दिनमा ज्ञानु काठमाडौं ट्याक्सी चलाउँथे भने राहुलले पेशा परिवर्तन गरेर सानो पसल व्यवसाय गरिरहेका छन् । राहुलले नै अन्यसँग ज्ञानुको परिचय गराए ।

बुधबार साँझ उनीहरु वीरगञ्ज–७ रामटोल बस्ने २७ वर्षीय विक्की भन्ने दीपलामाको खाली घरमा बसे । वीरगन्ज आइपुगेर बुधबार राति सुजनले दीप लामाको कुम्हाल टोल स्थित घरमा साथीहरूसँग बसेर अबेर रातिसम्म बि’यर खा’एका थिए। बियर सकिएपछि थप किन्न जाने बहानमा बा २ ज ५७८५ नम्बरको कारमा सुजनलाई लिएर उनका साथीहरुले रामटोलकै एकान्त स्थानमा लगेर घाँ’ ‘टी थि’चे’र ह’ ‘त्या गरी सुनको सिक्री, सुनको औँठी, घडी र नगद १० हजार रुपैयाँ लु’टे’र फ’रा’र भएका थिए।

बाँकी तीन जना हतार–हतार फर्कदै गर्दा घटनास्थल नजिकै मोटरसाइकलमा गस्ती गरिरहेको प्रहरीको क्युआरटी टोलीसँग जम्काभेट भयो । उनीहरुले प्रहरीलाई साथी हराएर खोजेको बताए ।

त्यसबेला नियमित गस्तीमा घटनास्थल नजिक पुगेको प्रहरी टोलीले निजहरू मध्ये ३ जनालाई तत्काल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको थियो । उनीहरुमाथि थप अनुसन्धान गर्दा दीप लामाले घटनास्थल नजिकै नालामा लुकाएको मृतकको सुनको सिक्रीको टु’क्रा ब’रामद भएको र उनीहरुले पाख्रिनको ह’ ‘त्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *