Categories
समाचार

११ वर्षीया बालिकाले बच्चा जन्माइन्

बाबुको भन्दा बढी उमेरको छिमेकीबाट ब’ला’त्कृ’त ११ वर्षीया अन्जु (नाम परिवर्तन)ले बुधबार बिहान विराटनगरको कोसी अञ्चल अस्पतालमा बच्चा जन्माएकी छन् । झापा खुदुनाबारी–१ टप्पु गाउँकी अन्जुले बलात्कारको २८ हप्तापछि सामान्य अवस्थामा छोरा जन्माएकी हुन् । साढे ६ महिनामै जन्मिएको बच्चाको तौल एक किलो दुई सय ग्राम रहेको छ ।

प्रसूतिपछि आमाको अवस्था सामान्य छ । बच्चालाई अक्सिजनको कमिले आईसियूमा राखिएको छ । समय नपुगी जन्मिएका कारण बच्चाको अवस्था खतरामुक्त नरहेको चिकित्सकको भनाई छ ।

त्यस्तै वीरगञ्ज महानगरपालिकामा एक बालिका ब’ला’त्कृत भएकी छन् । वीरगञ्जकी ११ वर्षीया बालिका ब’ला’त्कृ’त भएकी हुन् । घटनामा सं’ल’ग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

उनिविरुद्ध अदालतमा करणी मुद्दामा म्याद थप गर्ने तयारी प्रहरीले गरिरहेको छ । बालिका चि’च्या’एपछि उनका बुवाले थाहा पाएका थिए । घटनापछि फरार उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालिकाका बुवा र उनि साथी हुन् । कोठा खोज्न आएका उनी साथीको घरमा पाहुना भएर बसेका थिए । सोही क्रममा शनिबार बिहान बालिकालाई कर णी गरेको प्रहरीको भनाइ छ । सुरुमा कर णी प्रयास भएको भन्ने खबर प्रहरीलाई आएको भए पनि पछि बालिकाको स्वास्थ्य जाँच गराउँदा चिकित्सकले कर णी नै भएको प्रारम्भिक जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *