Categories
समाचार

कर्णालीमा डुंगा दुर्घटनामा घाइते अर्की महिलाको पनि निधन, मृत्यु हुनेको संख्या ४ पुग्यो

काठमाडौ । कर्णाली नदीमा डुंगा दुर्घटनामा घाइते भएकी अर्की एक महिलाको पनि निधन भएको छ । यो संगै निधन हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएकी मोहन्याल गाउँपालिका(३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

डुंगा दुर्घटनामा धनसराको एक महिनाका छोरा कर्ण सलामी मगरसमेत घाइते छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । डुङ्गा पल्टिदा ३ जना बेपत्ता भएका थिए भने २ जनाको अवस्था गम्भीर रहेको थियो । वेपत्ता भएका मध्य एक जनाको शव फेला परेको छ ।

बेपत्ता हुनेहरुमा कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नं। ३ बस्ने वर्ष २० की उर्मिला सलामी मगर, उनको १० दिने बच्चा र सोही ठाउँ बस्ने वर्ष २० की पार्वती थापा रहेकी छन् भने ७ जनाको उद्दार गरिएको थियो ।

मोहन्याल गाउँपालिका वडा नं। ३ रागाँ मलेखाका स्थानीय १० जना कर्णाली नदीमा काठको डुंगा चढेर सुर्खेत जिल्लाको चौकुने गाउँपालिका वडा नं। ४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा दुर्घटनामा परेका हुन् । प्रहरीले स्थानीयको सहयोगमा बेपत्ताहरुको खोजी कार्य तीव्र पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *