Categories
समाचार

धनगढी बसपार्कमा कु टपि ट ग री ह त्या गर्ने ४ जना पक्राउ

धनगढीमा कु ट पि ट गरी ह त्या गर्ने ४ जना पक्राउ परेका छन्। आज बिहान १२ः३० बजेको समयमा धनगढी ४ बसपार्क प्रतिक्षालयमा एक जना पुरुष मृ त अ वस्था मा फेला परेका थिए । बसपार्क प्रतिक्षालयमा पुरुषको शव फेला भन्ने जानकारीपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले टा उ कोमा चो ट प टक ला गे को र गता म्य अ वस्थामा पुरुषको शव फेला पारेको थियो। प्रहरीले घटनास्थलको अनुसन्धान क्रममा सो स्थानमा रहेका सिसिटिभि फुटेजको आधारमा ४ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनगढी उप महानगरपालिका १ त्रिबेणी चोकका १८ बर्षिय दिपेन्द्र भन्ने दिपान्सु पौडेल, डडेल्धुरा अमरगढी नगरपालिका घर भई हाल कञ्चनपुर भिमदत्तनगर ३ का १९ बर्षिय प्रबिण ऐर, डोटी पुर्वी चौकी गाउँपालिका ४ का २० बर्षिय अनिल कुवँर र कैलाली घोडाघोडी नगरपालिका १का १८ बर्षिय युवराज शाहीलाई पक्राउ गरेको हो ।

प्रहरीले अनुसन्धान गर्दै जादाँ निज अपरिचित मृतक राती सुती रहेको समयमा निजको खल्तीमा रहेको पैसा चेकजाँच गरी पैसा लगी कु ट पि ट ग री ह त्या ग रे को हुदाँ उनीहरुलाई खोज तलास गर्दै जादाँ धनगढी उपमहानगरपालीका बसपार्क एरियाबाट पक्राउ गरेको हो ।

उनीहरुलाई पक्राउ गरी कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरी अदालतबाट म्यादथप भई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । तर मृतकको अझै पहिचान भने हुन सकेको छैन । मृतक वर्ण गँहु गोरो, उचाई ५ फिट ६ ईन्च , बर्ष अन्दाजी २५-२६ को, बायाँ हातको पाखुरामा नागको ट्याटु, माथिल्लो शरिरमा टाटेपाटे कलरको भेष्ट र तल्लो शरिरमा निलो कालो कलरको जिन्स पाईन्ट लगाएको मृतकका आफन्तको पहिचान हुन नसकेको हुदाँ पहिचान गर्ने कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *