Categories
समाचार

कुलमान घिसिङ फेरी विद्युत प्राधिकरणमा आउने, देउवाले उर्जामन्त्री भुषाललाई बोलाएर दिए निर्देशन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा फेरी कुलमान घिसिङ आउने सम्भावना बढेको छ । यस अघि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भैसकेका उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सम्हाले लगत्तै कार्यकारी निर्देशक बनाउने तयारी थालेका हुन् ।

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न देउवाले निर्देशन दिएका छन् ।मंगलबार उर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएको बुझिएको छ । बालुवाटार स्रोतका अनुसार प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरु गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री भुसालले प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजीनामा दिन भनेकी छन् । स्रोतहरूका अनुसार शाक्यले राजीनामा नदिए सरकारले उनलाई स्पष्टीकरण सोध्ने तयारी समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *