Categories
समाचार

नवलपरासीमा आफै होटल गएकी युवतीको एकै छिनमा मृत्यु भएपछि……

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-६ त्रिवेणीको होटेल शाही प्यालेसमा आफूसँगै गएकी युवतीको अचानक निधन भएपछि युवक फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १२ शान्ति टोलनिवासी करिब १८ वर्षीय युवक अजयराज भरले होटेल लगेकी युवतीको अचानक निधन भएपछि उनी फरार भएका हुन् ।

प्रहरीले होटेल मालिक ४५ वर्षीय भोजबहादुर थापा र युवक अजय राजभरका काका २८ वर्षीय व्यासप्रसाद भर र उनले प्रयोग गरेको लु ४ प ८१७६ नम्बरको होन्डा साइन मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । प्रहरीका अनुसार ती युवकले युवतीलाई साँझ ६ बजे होटेल पुर्‍याएकोमा साढे ६ बजे अचानक बिरामी भएपछि अटोमा बर्दघाटको चौपत्ता रहेको सहिद स्मृति सामुदायिक अस्पतालमा राति ८ बजे पुर्‍याएका थिए । अस्पतालमा पुग्नासाथ स्वास्थ्यकर्मीले ती युवतीलाई मृत घोषणा गरेका थिए ।

अन्दाजी १७ वर्षीया युवतीको पहिचान खुलाएको छैन । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार र’क्त’श्रा’व भएपछि युवतीको निधन भएको देखिन्छ । प्रहरी नायब उपरीक्षक गिरीले घटना शं’का’स्पद रहेको र किशोरीको निधन पनि शं’का’स्पद देखिएकाले घटनाको अनुसन्धान अगाडि बढाइएको बताए । किशोरीको शव पोस्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल जिल्ला अस्पताल परासीमा राखिएको छ । नयाँ पत्रिका / फाइल तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *