Categories
समाचार

जंगलमा एक्लै भेटिएकी युवतीको बयानले आमाबाबु रोए …..

राप्तीसोनारी गाउँपालिका–२, माथेबासस्थित २५ वर्षीया खत्री थरकी एक युवती घर नजिकैको खैरिखेलामा घाँस का’ट्दै थिइन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमतिरबाट मोटरसाइकल सवारी एक व्यक्ति आउँछन् र ति युवतीलाई आफ्नो सवारीमा चढ्न विभिन्न प्र’लोभन देखाउँछन्।

युवतीले प्रलोभन अ’स्वीकार गर्दा पनि ति युवकले फिल्म दृश्य जस्तै गरी आफ्नो मोटरसाइकलनमा चढाउँछन्। सुनसान साँझमा उनी अस्वीकार गर्दा कसैले देख्दैन। मा’नसि’क स’न्तु’लन अस्वस्थ भएकी ति युवतीलाई दाङतिर लग्दै गरेको फुटेज अगैयामा रहेको सिसिटिभी क्यामेरामा पनि कैद भएको छ।

करिब रातिको ७ बजे अगैया र कुसुमबीचको जंगलमा ति युवतीलाई एक्लै छाडेर आफू भा’ग्छन्। युवतीका परिवारले आफ्नी छोरीलाई युवाले कर णी ग’रेर जंगलमा छा’डेको दाबी गरेका छन्। ‘रातिमा ल’लाइफ’काइ गरेर कर णी गरेछ,’ युवतीकी आमाले भनिन्, ‘कर णी गरेर के’रासँगै पैसा दिएर जंगलमै छाडेछ।’

त्यस साँझ ति युवाले अ’नै’ति’क कार्य गरेको उनले आमालाई बताएकी छिन्। राति एक सय ५० रूपैयाँ दिएर एक्लै घ’ना जं’गलमा छाडेको पीडित युवतीलाई उदृढ गर्दै उनले भनिन्, ‘दाङको लमही बजार घुमाउनेलगायत विभिन्न आश्वासन दिएको थियो।’ युवतीको श’रीरमा बाहिरी चो’ट’प’ट’क भने केही देखिँदैन।

ति युवकले अ’प’ह’रण शैलीमा लिएर कर णी गरेको हुन सक्ने भएकाले प्रहरीले उनको स्वा’स्थ्य परीक्षणसमेत गराएको छ। ‘ऊ (ति युवती) मा’नसिक स’न्तुलन गु’मा’एकी छ,’ उनले भनिन्, ‘जसले जता भन्यो उतै जान्छे। तर त्यस दिन भने उसले इ’न्कार गरेको बताएकी छ।’ ‘सायद छोरीले क’रा’उने, चि’च्या’उने लगायतका क्रियाकलाप गरेको भए ज्या’नै जा’ने रहेछ,’ उनले भनिन्, ‘तर झन्नका पापीले छाडिदिए छ।’

त्यस रात त्यहाँका स्थानीयहरु जं’गलमै थिए। गाउँका गाईभैंसी हराएपछि उनीहरु खोजीका लागि जंगलमा थिए। गाईभैंसी खोज्न गएका स्थानीयले युवतीलाई राति करिब ७ बजेतिर स्यानीखोलाका स्थानीयहरूले फेला पारेका थिए। जंगलमा गाउँले भएको थाहा पाएको हुनाले त्यहाँबाट उक्त युवा भा’गेको हुनसक्ने आफन्तको अनुमान छ।

मोटरसाइकलमा लिएर अ’प’ह’र’ण गरिएकी भनिएकी ति युवतीलाई सकुशल आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक होमप्रसाद चौधरीले जनाए। ‘ति युवतीले केटालाई चिन्दैनिन्,’ उनले भने, ‘सिसी क्यामेरा हेर्दा त्यहाँ मोटरसाइकल नम्बर पनि देखिँदैन।’ युवतीलाई लिएर जंगल छाड्ने युवालाई पत्ता लगाउन कठिन भए पनि यस विषयमा अ’नुस’न्धान र खो’जत’ला’स भइरहको उनको भनाइ छ। यो समाचार नगरिक न्युजमा गणेश विशु ले यो समाचार लेखेका छन् ।’

यो पनि : साथीका प्रेमपत्र लेख्दै साहित्यकार बनेका मालिका केशरी

तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं –८ स्थित गणपतिमा रहेको गाउँ फर्कोदय माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दा प्रकाशकुमार श्रेष्ठलाई साथीभाइले प्रेमपत्र लेख्न लगाउँथे ।

माया, प्रेमका कुरा गर्ने श्रेष्ठले धेरैको प्रेमपत्र लेख्न थाल्नुभयो । विद्यालय तहमै पढ्दा सयौँ साथीका प्रेमपत्र लेख्नुभएका श्रेष्ठले आफ्नो जीवनमा एउटा प्रेमपत्र लेख्नुभयो । प्रतिउत्तर पत्र सकारात्मक आएन । विद्यालय जीवनमै लेखिएको उहाँको प्रेमपत्र सफल भएन । सयौँ साथीका लागि लेखिएको प्रेमपत्रमध्ये दर्जनौँ साथीको प्रेमजीवन सफल भएको छ । ती जोडी अहिले पनि सफल दाम्पत्य जीवनमा रमाइरहेका छन् । विद्यालय जीवनमा अरुका लागि लेखिएको प्रेमपत्रले श्रेष्ठलाई साहित्यको जग बसाउन भने राम्रो काम गरेको छ । प्रेमपत्र लेखनको अभ्यासले उहाँलाई तीन उपन्यास लेख्न सहयोग गरेको छ । तीनै वटा उपन्यास पनि प्रेमकै विषयमा लेखिएका छन् ।

विद्यालय जीवनमा लेखिएको प्रेमपत्रले लेखनमा रुचि जाग्दै जान थालेपछि उहाँले विसं २०५८ मा कविता सङ्ग्रह ‘मिरमिरे’ निकाल्नुभयो । त्यसो त उहाँ कक्षा ५ मा पढ्दा विद्यालयले आयोजना गरेको कविता प्रतियोगितामा आमा देवीकुमारी श्रेष्ठले लेख्नुभएको कविता वाचन गरेर पहिलो स्थान हासिल गर्न सफल हुनुभएको थियो । सानैदेखि कविता, कथाजस्ता विधामा रुचि राख्नुहुने उहाँलाई युवा अवस्थामा उपन्यास लेख्न सहकर्मीले प्रेरणापुञ्जका रुपमा काम गरे । तिनै साथीको जीवनको वास्तविक घटनामा आधारित रहेर उहाँले पहिलो उपन्यास ‘पुनरुत्थान’ तयार पार्नुभयो ।

विद्यालय जीवनपछि उच्च शिक्षा हासिल गर्नमै व्यस्त रहनुभएका श्रेष्ठ साहित्यतिर त्यति सक्रिय हुन पाउनुभएन । पढाइसकेर पेशामा सक्रिय भएकै बेला साथी होम बेल्वासेले पटकपटक आफ्नो असफल प्रेम जीवनका बारेमा सुनाउन थाल्नुभयो । साथीभाइको समूहमा धेरैपटक जिस्क्याएर बेल्वासेका कुरालाई टार्नुभएका श्रेष्ठलाई एकदिन आफ्ना साथीले प्रेममा पाएको असफलताकै कारण रोएको देखेपछि भने त्यसैलाई विषय बनाएर उपन्यास लेख्ने सोच पलायो । साथीको विषयवस्तु समेटेर उपन्यास लेख्छु भनी अनुमति लिनुभयो । साथीले पनि तत्कालै स्वीकृति दिए । अनि शुरु भयो श्रेष्ठको उपन्यास लेखन यात्रा ।

बेल्वासेकै प्रेम जीवनको वास्तविक घटनालाई विषय वस्तु बनाएर लेखेको उपन्यास ‘पुरुत्थान’ २०७२ भदौमा प्रकाशित भयो । उपन्यास प्रकाशन गर्न बेल्वासेले नै प्रकाशन संस्था खोल्नुभयो । बेल्वासेकै प्रकाशन सस्था परिस्कृत मिडिया ग्रुपबाट ‘पुरुत्थान’ को पहिलो सस्करण प्रकाशन भयो । पहिलो संस्करणमा दुई हजारप्रति छापिएको ‘पुरुत्थान’ बजारमा सकियो । विसं २०५२ देखि २०६३ का बीचको राजनीतिक घटनाक्रमका बेलाको अन्तरजातीय प्रेमकथामा आधारित भएर लेखिएको ‘पुरुत्थान’ पाठकले मन पराए ।

वेदलाई चार भागमा विभाजन गर्ने ऐतिहासिक एव पौराणिक पात्र कृष्ण द्वैपायनअर्थात् वेदव्यासको भूमि तनहुँमा जन्मनुभएका श्रेष्ठलाई प्रारब्धले साहित्यमा आकर्षित गरेको थियो । त्यही प्रारब्धले उहाँलाई विद्यार्थीकालमै साथीभाइको प्रेमपत्र लेखायो । प्रेमपत्र लेखेको अनुभवका आधारमा व्यावसायिक जीवनका साथी बेल्वासेको जीवनकथालाई उपन्यासमा उतार्नुभयो । त्यो उपन्यास सार्वजनिक भएको केही महिनामै बजारमा सकियो ।

परिचित प्रकाशन गृह साङ्ग्रिलाले ‘पुरुत्थान’ लाई पुन ः प्रकाशन गर्ने प्रस्ताव अघि सा¥यो । साङ्ग्रिलाले दोस्रो सस्करणमा छापेको तीन हजारप्रति पनि बजारमा सकिएको छ । ‘पुरुत्थान’ छाप्ने बेलामै ‘मालिकाकेशरी’ को उपनामले साहित्य सिर्जना गर्नुहुने श्रेष्ठले साङ्ग्रिलालाई भनिदिनुभयो–‘मेरो दोस्रो उपन्यास पनि तयार छ’ वास्तविकतामा उपन्यास लेखिएकै थिएन ।

पहिलो उपन्यासमा साथी होम बेल्वासे र आफ्नै जीवनका पनि केही जीवन भोगाइलाई विषयवस्तु बनाएर लेखिएको उपन्यास ‘पुरुत्थान’ सफल भएपछि मालिका केशरीको दिमागमा अर्को उपन्यासको कथा तयार भइसकेको थियो । देशले व्यहोरेको दशवर्षे विद्रोहमा आमजनताले भोगेका त्रासपूर्ण जीवनलाई ‘पुरुत्थान’ मार्फत सार्वजनिक गर्नुभएका केशरीलाई यस्तै अर्को अनुभूति पनि पुस्तकाकारमा ल्याउने चाहना पलाएको थियो ।

युद्धमा सशस्त्र विद्रोही र सरकार दुवैको निशाना जनता बनेका, गणतन्त्र स्थापना र त्यसपछि विकसित घटनाक्रमसँगै सदियौँदेखिको जातीय विभेदबीचमा मौलाएको अमर प्रेमकथाका रुपमा ‘पुरुत्थान’ रचना भएको थियो । पहिलो उपन्यासको मस्यौदा १२ दिनमा गर्नुभएका केशरीले सम्पादनलगायत अन्तिम रुप दिन करिब एक महिना समय खर्चनुभयो । दोस्रो उपन्यास ‘सुवर्णलता’ का लागि भने उहाँले सात महिना समय दिनुप¥यो ।

‘सुवर्णलता’ मा आमाबाबुबाट छुटिनुपर्दाका पीडा, विशेषगरी आमाबाबु लाहुर गएका छोराछोरीको अवस्थालाई उपन्यासकार श्रेष्ठले पाठकसमक्ष पस्कनुभएको छ । उपन्यासमा खोजी पत्रकारिताको प्रसङ्ग पनि छ । डोल्पाको कुनै गाउँमा सडक खन्दा भेटिएको गुफाका विषयमा खोजी पत्रकारिता गरिएको विषय पनि उपन्यासमा देखाइएको छ । गुफामा सयौँ वर्षदेखि ध्यानावस्थामा रहेकी युवतीको कथाले पाठकलाई रोमाञ्चकता प्रदान गर्छ ।

उपन्यासमा मुक्तिमार्गका कुरा, प्रेम दुःखको कारण भएको, मानिस मोहमा बाँधिनुहुन्न भन्नेजस्ता विषय पनि छन् । पाठकलाई प्रेमसँग बौद्ध दर्शन र शान्तिका कुराका माध्यमबाट पढँुपढुँ लाग्ने गरी उत्सुक बनाउन उपन्यासकार केशरी सफल देखिनुभएको छ । उहाँको तेस्रो उपन्यास ‘दुङाल’ प्रकाशोन्मुख छ । भदौ ५ गते उपन्यास सार्वजनिक गर्ने तिथि तय भएको छ ।

नेपालमा शरणार्थी जीवन भोग्न बाध्य तिब्बतीयन युवती कारचुङका माध्यमबाट उहाँले त्यस जीवनका बारेमा पाठकलाई जानकारी दिन लागेको बताउनुहन्छ । ‘दुङाल’ तिब्बतीयन शब्द हो । जसको अर्थ दुःख भन्ने हुन्छ । उपन्यासमा शरणार्थीका कथाव्यथालाई शब्दका माध्यमबाट उनिएको छ । खम्पा विद्रोहका सन्दर्भलाई पनि उपन्यासमा समेटिएको छ । हिमालयन बौद्ध दर्शन अध्यापनमा लाग्नुभएका डा रमेश ढुङ्गेलको प्रेरणाले उहाँलाई यो उपन्यास लेखन उत्साहित बनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *