Categories
समाचार

आज एकैदिन सङ्क्रमण बाट ५५ जनाको मृत्यु, बढ्यो खतरा

काठमाडौं– नेपालमा थप २ हजार ५४८ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा आइतबार थप २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशका विभिन्न प्रयोगशालामा गरी ९ हजा ३३ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २ हजार १३७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी ३ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ४११ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा ५५ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ।

यस्तै काठमाडौंमा शनिबार ५४ हजार ३४३ जनाले लगाए भेरोसेलकाे दोस्रो मात्रा खोप लगाएका छन्। काठमाडौं २२ गतेदेखि भेरोसेलको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ। शुक्रबार ६८ हजार १३ जनाले खोप लगाएका थिए। शनिबार शुक्रबार गरी एक लाख २२ हजार ३५६ जनाले दोस्रो मात्रा खोप लगाएको काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्री खड्काले बताए।

गत असार २९ गतेदेखि भेरोसेलको पहिलो मात्रा लगाएकालाई ५५ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई पहिलो मात्रा दिइएको थियो। काठमाडौंमा एक लाख ६५ हजार जनालाई खोपको दोस्रो मात्रा लगाउने लक्ष्य रहेको छ।

खोपका लागि ५५ वर्षमाथिका उमेर समूह, अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा विदेश जाने नागरिकका लागि छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *