Categories
समाचार

दिनदहाडै सिसीटिभी क्यामरा लगाएको पसलबाट ‘डमी’मा लगाइएको कपडा चोरीयो , हेर्नुहोस्

कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगर बजारमा रहेको एक पसलमा दिनदहाडै कपडा चोरी भएको छ। आइतबार भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारमा रहेको लुक्स फेशनवेयर पसलबाट ‘डमी’मा लगाइएको कपडा चोरी भएको हो।

दिउँसो १२ बजेर ३० मिनेटमा पसलबाट ३ हजार बराबरको कपडा चोरी भएको पसल सञ्चालक कैलाश चन्दले बताए। पसलमा आएकी महिलाले कपडा चोरी गरेर लगेको भिडियो सिसीटिभी फुटेजमा कैद भएको उनले बताए। ती महिलाले अनुहार नदेखिने गरी पहिरन लगाएको सञ्चालक चन्दले बताए।

उनले चोर पत्ता लगाउन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको बताए। सिसीटिभी फुटेजका आधारमा ती महिलाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *