Categories
Uncategorized

यि हुन् डिभोर्सपछि एक्लै रमाइरहेका १० महिला कलाकार (हेर्नुहोस)

जिन्दगीभर संगसंगै दुखसुख बाड्ने संगसंगै खुशी हुने बाचा सहित बिबाह बन्धनमा बाधिएपनी कतिपयको पारिवारीक जीवन जिउने क्रममा आपसी मतभेद हुन जान्छ। पारिवारमा सानोतिनो मतभेद नहुने त को नै होलार तर कतिपय मतभेद बढ्दै जाँदा सम्बन्ध नै पुर्ण बिराम लाग्नसक्छ ।

अहिले बढ्दै गएको ग्लोबलाईजेसनले झनै यस्तो समस्याहरु दिनानुदिन बढ्दै गैरहेको छ । संगै मर्ने संगै बाच्ने कसम खाएर वैवाहिक जीवनमा बाँधिएका थुप्रै जोडीको दाम्पत्य जीवन यात्रा सफल भएको बिच बाटोमा नै टुंगिएको छ । यस्ता घटना बढ्नुका मुख्य कारण अविश्वास, आशंका र महत्वकांक्षा नै हो । जसले धेरैको जिन्दगीमा उतारचढाव ल्याउने गरेको छ कतिलाई त सम्बन्धको ईन्डिङ गर्नुपर्ने अबस्था आइपरेको छ ।

यसो त नेपाली कला क्षेत्रपनि यसबाट अलग भने हुन सकेको छैन । धेरै कलाकारहरुले आफ्नो सम्बन्धलाई टुङ्याएर डिभोर्स गर्नुपरेको छ । कतिपयले दोश्रो बिबाह गरिसकेका छन् । डिभोर्स गरेर दोस्रो विवाह गर्ने कलाकारहरुमा संचिता लुइटेल, पूजा चन्द, सिम्पल खनाल, प्रियकां कार्की , झरना बज्रचार्यलगायत छन् । सुस्मिता बमजन, प्राश्ना शाक्य, प्रिया रिजाल, रेश्मा सुनुवार, पुजना लामा, सिरु बिष्ट, सुस्मिता कार्की, सिर्जना बस्नेत डिभोर्स गर्ने कलाकारको सूचीमा पर्छन् ।

एउटा दाम्पत्य सम्बन्ध सफल भएपनी कतिपयले अर्कोसंग घरजम गर्ने तयारी गर्छन् । भने कतिपयले डिभोर्सपछि एक्लै जिन्दगी चलाइरहेकाहरु पनि छन् । आज हामी केही महिला कलाकारबारे चर्चा गर्दैछाै जो डिभोर्सपछि पनि एक्लै जीवन हाँकिरहेका छन् । यानिकी एक्लो जिवनमा पनि रमाईरहेका छन् ।

१. रेखा थापा-
नेपाली चलचित्र जगतमा एकपटक राज गरेकी नायिका हुन् रेखा थापा । रेखा हिम्मतवाली नायिकाका रुपमा पनि परिचित छिन् । फिल्मभित्र नायकलाई ओझेल पार्दै उनी नै नायकका रुपमा उभिन्छिन् । कतिपय फिल्ममा त उनको नै मुख्य भुमिका रहेको पाईन्छ । निर्देशक छवि ओजासंग विवाह गरेकी थापाको वैवाहिक सम्बन्ध लामो समयसम्म भने टिक्न सकेन् । एक दशक लामो वैवाहिक सम्बन्धलाई ब्रेक लगाएकी रेखा हाल एक्लै बसीरहेकी छिन् ।

२. रिमा बिस्वकर्मा-
स्मार्ट, सुन्दरी देखिने नायिका तथा मोडल रिमा विश्वकर्माको फिल्मी यात्राले खासै धेरै सफलता पाउन सकेन । उनले रोबर्ट बिकसंग विवाह गरेकी थिइन् । विवाह गरेको २ वर्ष नपुग्दै नै उनीहरुले आफ्नो सम्बन्धलाई पूर्णविराम लगाए । नेपाल आइडलको पहिलो र दोस्रो सिजनमा होस्ट बनेपछि लोकप्रियता अझ तुल्याउन सफल रिमा प्रस्ट वक्ताका कारण चर्चामा रहन्छिन् । उनी अहिले कमेडी च्याम्पियनको होस्ट गरिरहेकी छिन् ।

३. मनिषा कोईराला-
बलिउडमा समेत नम्बर १ नायिकाको स्थान हासिल गर्न सफल भएकी नायिका हुन् मनिषा कोइराला । उनले फेरि भेटउँलाबाट नेपाली चलचित्रमा डेब्यु गरेकी थिईन तर नेपाली फिल्ममा भन्दा बलिउडमा बढी सफलता हात पारिन् । बलिउडमा उनी फिल्मबाट नै रातारात स्टार बनिन् । उनै मनिषाले बिजनेस म्यान सम्राट दाहालसंग विवाह गरेकी थिइन् । तर उनीहरूको सम्बन्ध टिक्न सकेन । अहिले मनिषा एक्लो जिवनमा रमाईरहेकी छिन् ।

४. मिलन अमात्य-
दर्जनौ गीतमा आफ्नो स्वर दिएकी नयाँ पुस्तामा चिरपरिचित गायिका हुन् मिलन अमात्य । उनको धेरै गीतहरु हिट बनी बने । सफल गायिका अमात्यको वैवाहिक जीवन भने सफल हुन् सकेन् । विवाह भएको ६ वर्षमा मिलन र उनको श्रीमानबीच डिभोर्स भएको थियो ।

५. मौसमी मल्ल-
कुनै समयकी चर्चित नायिका हुन् मौसमी मल्ल । १५ वर्षको सानो उमेरमा नै बिबाह गरेकी उनको विवाह भएको ९ वर्षपछि डिभोर्स भएको थियो । मौसमी मल्लले धन विक्रम मल्लसंग विवाह गरेकी थिइन् । आफ्नो बैबाहिक जिवन ध्वस्त भएको सम्झेर पुन विवाह गर्नेबारे कल्पना पनि नगरेको उनले बताउने गरेकी छिन् ।

६. अरुणिमा लम्साल-
कुनै समयकी निकै चर्चित नायिका हुन् अरुणिमा लम्साल । उनको पनि वैवाहिक सम्बन्ध धेरै समय टिक्न सकेन । अमित अर्यालसंग विवाह गरेकी उनको १२ वर्षपछि वैवाहिक सम्बन्ध टुङ्ग्याएको थियो । अहिले उनी एक्लो जिवनमा रमाईरहेकी छिन् ।

७. गौरी मल्ल-
नेपाली कलाकारिता क्षेत्रमा सदाबहार देखिएकी नायिका हुन् गौरी मल्ल । कुनै समयकी चर्चित नायिका अहिले विभिन्न भुमिका निर्बाह गर्दै आएकी छिन् । करियरकै उचाइमा रहेका बेला उनले प्रज्वल भण्डारीसंग विवाह गरेकी थिइन् । प्रज्वलसंग वैवाहिक सम्बन्ध नटिकेपछि उनीहरु अलग्गिए । गौरीले अहिलेसम्म एक्लै बस्दै आएकी छिन् ।

८. रन्जना शर्मा-
निर्देशक श्याम भट्टराई संग बिबाह गरेकी रन्जना शर्मा बिबाह पश्चात अमेरिका पलायन भैइन । उनी अहिले पनि अमेरिकामा नै बस्छिन् । विवाहपछि अमेरिका पुगेपछि उनीहरु टाढा हुँदै गए अन्तत उनीहरु अलग्गिन बाध्य भए ।

९. चुल्ठिम डोल्मा-
चुल्ठिम डोल्मा चलचित्र नोभेम्बर रेनबाट चर्चामा आएकी हुन् । चर्चामा आएसंगै गायक धिरज राईसंग विवाह गरेकी उनको बैवाहिक सम्बन्धपनि लामो समयसम्म टिक्न सकेन । अहिले पनि उनी एक्लै बसिरहेकी छिन् । तर उनीहरु के कारणले अलग भए भन्नेकुरा खुलाइएको छैन ।

१०. सुस्मिता के.सी.
सुस्मिता के.सी.को बिबाह चर्चित अभिनेता भुवन के.सी.संग भएको थियो । लभ म्यारिज गरेको यो जोडिले धेरै लामो समय सम्म सम्बन्ध टिकाउन सकेन । अन्तत यो जोडी अलग्गिएर बसे । नेपाली चलचित्र क्षेत्रमा महँगो अभिनेताको छवि बनएका अनमोल के.सी. उनिहरुकै सन्तान हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *