Categories
समाचार

ग’र्भप’तन गराउने औ’षधी खु’वाउँदा जिउँदै छोरी जन्मेपछि

दमौली । नवजात शिशुको ह’ ‘त्यामा १८ वर्षदेखि फ’रार अभियुक्तलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ आबुखैरेनी गाउँपालिका(१ का ५१ वर्षीय प्रेमबहादुर सार्की रहेका छन् । उनलाई बुधबार पक्राउ गरिएको तनहुँका प्रहरी उपरीक्षक दिनेश मैनालीले बताए ।

२०६० साल वैशाख ११ गते उनलाई अदालतले जन्मकैद सजाय सुनाएको थियो । २०६० कात्तिक १८ गते तत्कालीन पुनरावेदन अदालत पोखराले पनि जिल्लाकै आदेश सदर गरेको थियो ।

उनलाई अदालत पेश गरिएकोमा अदालतले कारागार चलान गरेको प्रहरी उपरीक्षक मैनालीले बताए । नवजात शिशुको ह ‘त्या गरेको अभियोग सार्कीमाथि थियो । कर णीबाट एक महिलाले ग’र्भाधा’रण गरेपछि उनले औ’ष’धि खु’वा’ए’र ग’र्भ’प’तन गराई घटना लुकाउन खोजेका थिए ।

छोरी जिउँदै जन्मेपछि सार्कीले खरबारीमा लगेर ह’ ‘त्या गरेको आरोप थियो । आरोप पुष्टि भएपछि अदालतले उनलाई जन्मकैद सजाय सुनाएको थियो । त्यतिबेलै प्रहरीले महिलालाई भने पक्राउ गरेको थियो। उनको बयानबाट घटनाको रहस्य सार्वजनिक भएपछि सार्कीलाई अदालतले दोषी ठहर्‍याएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *