Categories
समाचार

तालिवानले दिएको यस्तो वयानले, अफगानिस्तानमा रहेका नेपाली सुरक्षित हुने आश पलायो

काठमाडौं । अहिले विश्वाको ध्यान अफगानिस्तान तर्फ छ । तालिवानले अफगानिस्तानको सबै मुख्य शहर कब्जा गरीरहेको छ । यस्तो अवस्थामा अफगानिस्तानमा रहेका नेपालीहरुको बारेमा पनि चासो छ । तर तालिवानले आफ्नो मुलुक फर्किन चाहने विदेशीलाई फर्किन दिने बताए पछि नेपाली पनि सुरक्ष्ति हुने आश पलाएको छ ।

काबुलमा तालिबान पसेको समाचारपछि पहिलो सार्वजनिक विज्ञप्तिमार्फत तालिबानले यस्तो बताएको हो । उसले अफगानिस्तानमा नै बस्न चाहने विदेशी नागरिकले तालिबानको प्रशासनमा दर्ता गराउन पनि भनेको छ ।

विभिन्न मुलुकले आफ्ना नागरिक फिर्ता लगिरहेको बेलामा तालिवानले यस्तो वयान सार्वजनिक गरेको हो । अमेरिकाले अफगानिस्तानबाट आफ्ना नागरिक फिर्ता ल्याउन थप पाँच हजार सैनिक काबुल पठाएको छ । त्यस्तै अन्य मुलुकले पनि आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याउन पहल गरिरहेका छन् ।

तालिबानले जितको खुसीयाली पनि नमनाउने भएको छ । साथै सरकारी सेनालाई पनि आफ्नो घर फर्किन दिने तालिबानको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै विमानस्थल र अस्पताल सञ्चालन गर्न दिने र अत्यावश्यक सेवामा कुनै रोक नलगाइने तालिबानको भनाइ छ ।

पछिल्लो १० दिनमा तालिबानले काबुलबाहेकका अफगानिस्तानका सबै प्रमुख सहरमा कब्जा जमाइसकेको छ र अहिले काबुलमा तालिबानका ल डा कुहरु प्रवेश गरेका छन् ।

तालिबानले काबुलमा शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरणको लागि वार्ता भइरहेको बताएको छ । यसैबीच अफगानिस्तानका गृहमन्त्रीले पनि शान्तिपूर्णरुपमा संक्रमणकालीन सरकारलाई सत्ता हस्तान्तरण हुने भन्दै मानिसहरुलाई चिन्ता नलिन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *