Categories
समाचार

अस्पतालवाट महिलाको शव घरमा पुर्याएर फर्कदै गरेको एम्बुलेन्स दुर्घटना, अर्का एक पुरुषको मृत्यु

काठमाडौ । रोल्पामा शव पुर्याएर फर्किएको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको निधन भएको छ । निधन हुनेमा एम्बुलेन्स चालक छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। एम्बुलेन्समा रहेका अर्का एक जना ब्यक्ति हाम्फालेर बाँच्न सफल भएका छन्।

माडी गाउँपालिका वडा नं २ खोलाबाङ भन्ने स्थानमा शनिबार बिहान करिब ४ बजेतिर रा१च ७०५ नम्बरको एम्बुलेन्स दुर्घटना भएका हो । दुर्घटनामा माडी ६ का ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको हो।

रोल्पा जिल्ला प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले माडी-६ का ३८ वर्षीय प्रितिप्रसाद पुन भने हाम्फालेर ज्यान जोगाउन सफल भएको जानकारी दिए । स्मृति अस्पताल प्रालिको एम्बुलेन्स

भैरहवाबाट कोर्चाबाङ शव पु¥याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी–२ खोलबाङमा दुर्घटना भएको हो । एम्बुलेन्स सडकबाट झण्डै ७०० मिटर तल ख से को थियो ।

डिएसपी सुवेदीले माडी-२ की एक जना महिला घरभित्र आफैं ल डे र अ’चेत भएपछि सुनिल स्मृति अस्पतालको एम्बुलेन्सबाट भैरहवा उपचारका लागि लगिएको थियो। ती महिलाको भैरहवामै उपचारका क्रममा मृत्यु भएपछि सोही एम्बुलेन्सले शव बोकेर घरमा पुर्‍याएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *