Categories
समाचार

अफगानिस्तानमा ३५ नेपालीलाई यसरी बनाइयो बन्धक, दुतावास के भन्छ ?

काठमाडौ । पाकिस्तान कब्जा गरेको तालिबानले त्यहाँ रहेका ३५ नेपालीलाई बन्धक बनाएको समाचार प्रकाशमा आएको छ । तालिवानले विदेशीहरुलाई कुनै खतरा नभएको र उनीहरु आफ्नो मुलुक फर्कन सक्ने बताइरहेका बेला ३५ नेपाली बन्धक बनाइएको समाचार आएको छ ।

केही नेपालीहरु अन्य विदेशी जहाजमा उद्दार गरिएका छन् । अन्य मुलुकले आफ्ना नागरिक स्वदेश लैजाँदा नेपालीहरु पनि सोही जहाजमा चढेर विभिन्न मुलुकमा पुगेको बताइएको छ । फगानिस्तानमा करिब १५ सय बढि नेपाली नागरिक रहेको सरकारको अनुमान छ । सरकारले अफगानिस्तानमा रहेका नेपालीको उद्दार गर्न ढिलाई गरेका कारण नेपालीहरु जोखिममा परेका हुन् ।

सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय सोमवार गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै त्यहाँ रहेका नेपाली नागरिकको उद्धारका लागि काम गर्ने निर्णय लिएको हो ।

दुतावासले पनि अफगानिस्तानमा रहेका नेपाली सुरक्षित रहेको बताउँदै आएको थियो । तर अहिले सम्म ३५ नेपाली बन्धक बनाइएको खबरले चिन्ता बढाएको छ । काबुलमा तालिबान पसेको समाचारपछि पहिलो सार्वजनिक विज्ञप्तिमार्फत तालिबानले यस्तो बताएको हो । उसले अफगानिस्तानमा नै बस्न चाहने विदेशी नागरिकले तालिबानको प्रशासनमा दर्ता गराउन पनि भनेको छ ।

विभिन्न मुलुकले आफ्ना नागरिक फिर्ता लगिरहेको बेलामा तालिवानले यस्तो वयान सार्वजनिक गरेको थियो । अमेरिकाले अफगानिस्तानबाट आफ्ना नागरिक फिर्ता ल्याउन थप पाँच हजार सैनिक काबुल पठाएको छ । त्यस्तै अन्य मुलुकले पनि आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याउन पहल गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *