Categories
समाचार

७५० अफगान सैनिक भागेर उज्बेकिस्तान पुगे, एक विमानलाई सीमा क्षेत्रमा खसालियो

उज्बेकिस्तानको रक्षा मन्त्रालयले आफ्नो सीमा उल्लङ्घन गरेको एउटा अफगान सैन्य विमानलाई हवाई प्रतिरक्षा बलले ख’सालिदिएको जनाएको छ। मन्त्रालयका प्रवक्ताका अनुसार उक्त विमानले गैरकानुनी रूपमा उक्त मध्यएशियाली राष्ट्रको हवाई क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेको थियो। उक्त विमानमा कति जना सवार थिए वा कोही जीवित छन् कि छैनन् भन्ने कुरा उनले खुलाएनन्।

बीबीसीका अनुसार अफगानिस्तानको सीमामा रहेको दक्षिणी प्रान्त सुखन्दारियोका एक चिकित्सकले समाचारसंस्था एएफपीलाई अफगान सेनाको पोसाक लगाएका दुई बिरामी आइतवार साँझ भर्ना गरिएको बताएका छन्।

तीमध्ये एक जनासँग प्याराशुट रहेको र उनको हा’ड भाँ’च्चि’एको जानकारी ती चिकित्सकले दिए। आइतवार उज्बेकिस्तानका निकायहरूले सीमा पार गरेका कारण ८४ अफगान सैन्य अधिकारीलाई पक्राउ गरिएको जनाएका छन्।

अफगानिस्तानको राजधानी काबुल ता’लिबा’नले नियन्त्रणमा लिएसँगै त्यहाँ अस्थिरता बढेको बताइएको छ। मुख्य सहरहरूमा आफ्नो नियन्त्रण कायम गरेपछि ता’लिबा’नहरू आइतवार राजधानी काबुल प्रवेश गरेका थिए।

वितेको ४८ घण्टाको अवधिमा ७५० जना अफगान सैनिक भा’गेर उज्बेकिस्तान पुगेका समाचारहरु सार्वजनिक भएका छन् । ६०० जना अफगान सैन्य विमानमार्फत् उज्बेकिस्तान पुगेको बीबीसीले जनाएको छ । उज्बेकिस्तान प्रशासनका अनुसार दक्षिणी शहर तेरमेजमा ४६ सैन्य विमान अवतरण गरेका छन् ।

यी विमानलाई स्कर्टिङ गरेको एक अफगान विमान र उज्बेक लडाकु विमान आपसमा ठो’क्किएको दाबी उज्बेकिस्तानको प्रोसिक्युटर जनरलको कार्यालयले जनाएको छ । दुबै विमानका पाइलट भने जोगिएका छन् ।

अफगानिस्तानको राजधानी काबुल ता’लिबा’नले नियन्त्रणमा लिएसँगै त्यहाँ अस्थिरता बढेको छ । काबुल छाड्न चाहनेहरुको विमानस्थलमा भिडभाड छ । अमेरिकी एयरफोर्सको एक विमानसँगसँगै रनवेमा मानिसहरु दौडिरहेको र सो विमान उडेपछि केही मानिसहरु खसेको भिडियो सार्वजनिक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *