Categories
समाचार

प्रेमिका फेल हुने ड रले महिलाको कपडा लगाएर परीक्षा दिन प्रेमी पुगेपछी…..

प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ भनिन्छ । अफ्रिकी मुलुक सेनेगलमा यसलाई चरितार्थ गर्दै एक प्रेमीले आफ्नी प्रेमिकाको कपडा लगाएर परीक्षा दिन पुगेको घटना सार्वजनिक भएको छ । प्रेमिकाले राम्ररी नपढेको भएर परीक्षामा फेल हुने आशंका गरेपछि प्रेमी महिलाको लुगा लगाएर जाँच दिन पुगेका थिए । तीन दिनसम्म त सुपरीवेक्षकहरूले थाहा पाएनन् तर चौथो दिन उनी पक्राउ परे ।

ग्यासटन बर्जर विश्वविद्यालयका विद्यार्थी खादिम म्बौपले हेडस्कार्फ, ब्रा र कानमा झुम्का तथा अनुहारमा मेकअप लगाएर परीक्षा दिएका थिए । म्बौपकी प्रेमिका गंगू डियोमलाई परीक्षा फेल हुने ड र भएपछि म्बौपले योजना बनाए । प्रेमिकाको कपडा लगाएर उनी जाँच दिन गए । तीन दिन कसैले थाहा पाएन ।

चौथो दिन एक सुपरीवेक्षकलाई शंका लाग्यो । अनि उनलाई प्रहरीसमक्ष बुझाइयो । प्रेमी तथा प्रेमिकाविरुद्ध ठगीको मुद्दा दर्ता गरिएको छ । उनीहरू दोषी ठहरिएमा पाँच वर्षका लागि कुनै पनि परीक्षामा भाग लिन पाउने छैनन् । उनीहरूलाई अधिकतम पाँच वर्षको सजाय पनि हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *