Categories
समाचार

४ बर्षमा एउटा पनि विकास नगरेको भन्दै वडाध्यक्षलाई बिजुलीको पोलमा बाँ,धे जनताले

जनप्रतिनीधिले निर्वाचित भएको ४ वर्ष वितिसक्दा पनि विकासको कामहरु नगरेको भन्दै स्थानीय जनताहरुले एक वडाध्यक्षलाई विजुलीको खम्बामा बाँ,धेका छन् । छिमेकी मुलुक भारतको विहार राज्यस्थित नेपाल भारतको सीमासँगै रहेको मधुवनी जिल्लाको यो घटना हो । जहाँ वडाध्यक्षलाई विकास नगरेको भन्दै बिजुलीको पोलमा बाँ,धेर घाममा तताएका छन् ।

मधुवनी जिल्लाको मोहनिया नगर पँचाययमा विकास नभएको भन्दै स्थानीयहरुले आफ्नो रिस जनप्रतिनीधि उपर निकालेका हुन् । बर्षाको मौसममा बाटोमा हिडन कठिनाई भएको भन्दै स्थानीय जनताहरुले वडाध्यक्षलाई बाँ,धेका हुन् । मोहनिया नगर परिषदको वडा नम्बर १५ का वडाध्यक्ष इम्तियाज अँसारीलाई बिजुलीको पोलमा बाँ,धेको हो । उनलाई पोलमा बाँ,धेर यसको सूचना नगर पँचायतका अध्यक्ष सहित अन्य पदाधिकारीहरुलाई समेत दिएको बताइएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *