Categories
समाचार

बसले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु RIP💐

धादिङ – धादिङबेसी/मलेखु सडकखण्डमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

धादिङबेसी – मलेखु सडकखण्ड अन्तरगत ससाहमा धादिङबेसीतर्फ जाँदै गरेको बा ५ ख १२५० नं. को बसले सोहि दिशातर्फ जाँदै गरेको बा १६ प ६६८५ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नीलकण्ठ ३ रिजालथोककी ३५ सुशीला भुजेलको मृत्यु भएको हो ।

साँघुरो सडकमा बसले ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकी भुजेललाई उपचारको लागि धादिङ अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुगेको केहिबेरमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बस, मोटरसाइकल र बसका चालक प्रहरीको नियन्त्रणमा रहेको मोटरसाइकल चालक भने सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। तस्विर शंकर श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *