Categories
समाचार

पैदल हिँडिरहेका ब्यक्तिलाई प्रहरीले शंका लागेर रोकेर झोला जाँच गर्दा प्रहरीको होस् उड्यो

पर्सा- वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटबाट ६ केजी १ सय ६८ ग्राम चाँदीका गहनासहित एक जना पक्राउ परेका छन्। शंकास्पद रुपमा पैदल हिँडिरहेका उनलाई प्रहरीले रोकेर झोला जाँच गरेको थियो।

पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका-६ का ६० वर्षीय नागेन्द्र साह सोनार छन्। पर्सा प्रहरीले उनलाई बिहीबार बिहान पक्राउ गरेको हो।

भारतबाट अ ‘वैध रुपमा चाँदीका गहना ल्याउँदै गरेको सूचनाको आधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त धातुको गहना सहित फेला पारी उनलाई पक्राउ गरेको हो।

उनलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *