Categories
समाचार

पढन जापान पुगेका महेन्द्रनगरका कुवेर धामिको सुतेकै अवस्थामा मृ’त्यु !

अध्ययनको शिलशिलामा दुई वर्षअघि जापान आएका एक नेपाली युवाको सुतेकै अवस्थामा निधन भएको छ ।

जापानको सेन्दाई शहरमा बस्दैआएका महेन्द्रनगर घर भएका कुवेर धामीको अगष्ट १४ तारिख शनिवार निधन भएको हो ।अघिल्लो दिन सामान्य रुपमा काम गरेर मध्यरात कोठामा सकुशल फर्किएका धामी करिव १ बजे सुतेको अबस्थामा निधन भएको जनाइएको छ ।

सदा झैं बिहान ढिलोसम्म सुत्ने गरेका धामी शनिवार बिहान पनि निदाएको होला भनेर काममा गएका कोठाकाअन्य समाचारअन्य दुईजना साथीहरु दिउँसो फर्कंदा समेत धामी सुतिरहेको पाएपछि उठाउन खोज्दा हलचल नगरेको र जिउ पनि चिसो पाएपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरी आएर धामीलाई अस्पताल लगेपछि उनको पहिले नै निधन भइसकेको पुष्टि भएको थियो ।प्रहरीले धामीको शवको पोष्टमार्टमको काम भइरहेको बताएको छ ।

३१ वर्षीय धामी सन् २०१९ अप्रिलमा जापान प्रवेश गरेका थिए । उनी सेन्दाई स्थित खान्क्यु भाषा विद्यालयमा भाषा विद्यार्थीको रुपमा आएर हाल मारुची सन्मोन विद्यालयमा अध्ययनरत थिए ।

धामीको बारेमा नेपाल स्थित परिवारलाई जानकारी गराइएको र पोष्टमार्टम लगायत प्रक्रिया सकिएपछि जापानमा नै दाहसंस्कार गरिने बताइएको छ । नेपाल जापान डट् कम बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *