Categories
समाचार

विप्लव समुहले दल्यो पशुपति क्याम्पसका तत्कालिन अध्यक्षलाई मोसो, विज्ञप्ती जारी गर्दै भन्यो यिनी जस्ता अरुलाई छोड्दैनौं (विज्ञप्ती सहित)

काठमाडौ । विप्लव समूह निकट अखिल क्रान्तिकारीले पशुपति बहुमुखी क्याम्पस सन्चालक समितिका तत्कालीन अध्यक्ष बिष्णु पन्तलाई मोसो दलेको छ। प्राप्त तस्बिरमा उनलाई मोसो दलेको देख्न सकिन्छ ।

विप्लव निकट अखिल क्रान्तिकारीको पशुपति इकाई समितिका अध्यक्ष सुवाश महतले एक विज्ञप्ती जारी गरी मोसो दल्नुको कारणबारे बताएका छन् । उनले कारवाही स्वरुप त्यस्तो गरिएको उल्लेख गरेका छन् ।

विज्ञप्तीमा पटक पटक वार्ताको लागि पहल गर्दा अटेर गरी राजिनामा दिइ भागेको हुनाले उनलाई कालोमोसो दलिएको उल्लेख छ । पशुपति बहुमुखी क्याम्पसलाई सम्पूर्ण रुपमा धराशायी बनाउँदै संस्थामा नातावाद, व्यक्तिगत मनोमानी गर्दै लाखौ करोडौ घोटाला गर्ने सबैलाई चरणवद्ध रुपमा कारबाहि गरिने पनि उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *