Categories
समाचार

अस्ताए अर्का चर्चित गाएक, यस्ता मनै रुवाउने चर्चित गीतहरु गएका गायकको एक्कासी निधनपछी स्तब्ध बन्यो सांगीतिक क्षेत्र

काठमाडौं, १० भदौं । जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा आज (बिहीबार) निधन भएको हो । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग समेत थियो ।

जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष सरल सहयात्रीका अनुसार संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । टुहुरेको ‘आमा दिदी बहिनीको कति बस्छौं दासी भई’, बसाई हिंड्नेको ताँतीले बस्नेको मन रुवाउँछ’ लगायतका गीत चर्चित छन् । उनले १५० को हाराहारीमा प्रगतिशिल गीतहरु गाएका छ।

२०१० सालबाट सांगीतिक यात्रा सुरु गरेका जेबीले २०२० को दशकदेखि कम्युनिस्टका गीत गाउँदै हिँडे । माले हुँदै एमाले निकट रहेका टुहुरे वि.सं.२०६६ सालपछि माओवादी निकट थिए । २०७० सालको संविधानसभामा निर्वाचनमा टुहुरे माओवादीबाट संविधानसभा सदस्य भएका थिए ।

राजनीतिक रुपमा उनको आवद्धता माले, एमाले हुँदै पछिल्लो समय माओवादी केन्द्रमा थिए । दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट सभासद बनेको उनी जनसांस्कृतिक महासंघका संरक्षक र माओवादीका सल्लाहकार हुन् । २०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसनसमेत स्थापना गरिएको छ । फाउण्डेसनको अध्यक्ष उनकी छोरी निर्भीका छिन् । जेबीले गाएको गीत ‘आमा दिदी बहिनी हो’, ‘छोराहरु हो, छोरीहरु हो बीर छोरा छोरी हो’, ‘दुःखको बोझलाई बिसाउन चौतारी बनाउँ है’ लोकप्रिय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *