Categories
समाचार

सात ट्रकमाथि कसले गर्यो आगजनी ? पाँच ड्राइभर जले

एजेन्सी । भारतको असमको दीमा हसाओ जिल्लामा दियुंगबरा नजिकै अज्ञात मानिसहरुले सात ट्रकमाथि आगजनी गरेका छन् । यसकारण पाँचजना ट्रक ड्राइभरको ज ले र मृत्यु भएको छ । रिपोर्टका अनुसार आगलागी अघि उनीहरुले थुप्रै रा उ न्ड फा य रि ङ पनि गरे । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ ।

यो अर्को समाचार रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्यु भएको नेपाली दुतावासले जनाएको छ । उनको मृत्युको कारण खुलेको छैन ।

नेपाली राजदूतावास कुवेतका द्वित्तीय सचिव श्रीकृष्ण सिलवालले दिएको जानकारीअनुसार परियारको मृत्यु भएको प्रारम्भिक जानकारी दूतावासमा आएको छ । राहदानी नं १०३०९३१७ की परियारको अभिलेख हेर्दा उनले सन् २०१४ मा साउदी अरबका लागि श्रम स्वीकृति लिएको देखिएको छ ।

बयालीस वर्षीया पुतली अहिले अवैधानिकरूपमै कुवेतमा काम गर्दै आएको दूतावासले जनाएको छ । दूतावासमा परियारको मृत्यु प्रमाणपत्र भने आइसकेको छैन । पुतलीका आफन्तलाई कानुनी प्रक्रियालगायतमा सहजीकरणका लागि नेपाली राजदूतावासको सम्पर्कमा आउन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *