Categories
समाचार

दाङमा मलामी गएका व्यक्तिको पनि यसरि भयो दु:खद मृत्यु

अविरल वर्षासँगै बबई नदीमा आएको बाढीले बगाउँदा दाङमा एक मलामी गएका व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दङ्गीशरण गाउँपालिका–१ बाँकीका ५० वर्षीय बामदेब देवकोटा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिनुभयो ।

सोही गाउँका एक पुरुषको मृत्यु भएपछि मलामी गएका देवकोटा नुहाउने क्रममा शुक्रवार दिउँसो निर्माणाधिन बबई नदीको पुल नजिकैबाट बाढीले बगाएको प्रहरी नायव उपरीक्षक अर्यालले जानकारी दिनुभयो । गाउँलेले ५०० मिटर दक्षिणको बैबाङ भन्ने ठाउँबाट उनलाई उद्धार गर्दा मृतअवस्था भेटिएको थियो ।

त्यस्तै वर्षासँगै रोहिणी र दानव नदीमा आएको बढीले बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । रोहिणी खोलाले बगाउँदा जिल्लाको ओमसतिया गाउँपालिका–४ का ५० वर्षीय रामेश्वर कहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो ।

यसैगरी नदीमा बगाएको दाउरा छोप्न जाने क्रममा समरीमाईका एक युवक बेपत्ता भएका छन् । समरीमाई–३ बस्ने २० वर्षीय बब्लु लोधलाई स्थानीय दानव नदीमा आएको बाढीले बगाउँदा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । वर्षाले रुपन्देहीका ९५० घर डुबानमा परेका छन् भने २६ घरमा क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *