Categories
समाचार

मलेसियामा नेपाली होटल ब्यावसायी गणेश ग्यवालीको कोरोना संक्रमणले मृत्यु।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले एकजना नेपाली होटल ब्यावसायीको मृत्यु भएको छ।

बिगत १७ बर्षदेखि मलेसियाको पोर्ट केलाङ भन्ने ठाउँमा बसि बिन्ताङ् सेम्बिलान एसडिएण बिएचडी नामक कम्पनीसंग पनि आबद्द रहि आफ्नो वैदेशिक रोजगारीसंगै होटल ब्यावसाय समेत सञ्चालन गर्दै आईरहनुभएका नेपाल ठेगाना रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नम्बर ४ निवासी बुवा बुद्धिराम ग्यवालीको ४७ बर्षिय छोरो गणेश ग्यवालीको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

बिगत केहिदिनदेखिनै कोरोना संक्रमित भैइ थप आवश्यक उपचारको लागि केलाङकै सरकारी अस्पतालमा कोभिड-१९ वार्डमा उपचाररत रहनु भएका पासपोर्ट नम्बर ०७४७६३९७ रहेको गणेश ग्यवालीको अस्पतालमा उपचारकै क्रममा हिजो शुक्रवारको दिन मृत्यु भएको जनाइएको हो।

मृतक गणेशको घरमा आमा,बुवा,श्रिमति,छोराछोरी रहेका छ्न। मृत्युको कारण कोरोना संक्रमण रहेकोले शव नेपाल फर्काउन नमिल्ने भएकोले नेपाली दूतावासको सहयोग,समन्वयमा आवश्यक सम्पुर्ण कानुनी प्रक्रिया पूरा गरेर यतै मलेसियामै हिन्दू धर्म अनुसारनै मृतकको अन्तिम दाहसंस्कार,अन्त्यष्टि गरिने ब्यावसायी तथा हातेमालो कल्याणकारी समाज मलेसियाका अध्यक्ष पुरुस्वत्तम कार्की ढोली ले जानकारी दिनुभयो।

पछिल्लो केहि महिनादेखि मलेसियामा कोरोना संक्रमणको साथै अन्य विभिन्न कारणले दिनहुँजसो दुई,तीनजनाको सङ्ख्यामा नेपाली श्रमिकहरुको मृत्यु हुने गरेको नेपाली दूतावासको तथ्यांकले देखाउछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *