Categories
समाचार

श्रीमान गुमाएको दुई महिना नपुग्दै आइसियुमा पुगिन् सायरा बानो

एजेन्सी । श्रीमान दिलिप कुमारलाई गुमाएको धेरै समय भएको छैन । सायरा बानो श्रीमानको वियोग सहिरहेकी छन् । तर उनी आफै अस्पताल भर्ना भएकी छन् । सायरा बानोलाई अहिले सास फेर्न समस्या भएको छ । उनले आफु भन्दा २२ वर्ष जेठा दिलिप कुमारसंग विवाह गरेकी थिइन् । ५४ वर्ष दिलिप कुमारसँग बिताएकी सायरा बानोलाई अहिले सास फेर्न कठिन भएको छ ।

यस्तै समस्या भएपछि अस्पताल भर्ना भएका दिलिप कुमारले दुई महिना अघि उनलाई संधैका लागि छोडेर गएका थिए । यसको असर अब उनको स्वास्थ्यमा देखिन थालेको छ । पछिल्लो तीन दिनदेखि उनी हिन्दुजा अस्पतालको आइसीयूमा भर्ना छिन् ।

सायरा बानोको स्वास्थ्य स्थिति स्थिर रहेको बताइँदैछ तर उनको र क्त चाप साधारण छैन । अक्सिजनको स्तर पनि कम नै हुन्छ जसका कारण उनलाई सास फर्ने समस्या भइरहेको छ । सायद उनलाई थप तीन–चार दिन अस्पतालमा राख्नुपर्छ ।

उनका आफन्तले दिएको जानकारी अनुसार सायरा बानो दिलिप कुमारको निधनपछि निकै दुखी थिइन् । उनी कसैसँग बोल्दिनन्​, न कसैलाई भेट्न मन पाराउँथिन् । एक्लै दिलिप कुमारलाई मात्र याद गरेर बसिरहन्थिन् । दुई महिना अघि ७ जुलाईमा दिलिप कुमारको मृत्युले उनका लाखौं प्रशंसकलाई पी डा दिएको थियो । यसले विशेषगरी उनकी श्रीमती सायरा बानोलाई एक्लो बनायो ।

सायरा हाल ७६ वर्षकी भइन् । तर उनले आफ्नो बढ्दो उमेर आफूमाथि हावी हुन दिएकी थिइनन् किनभने उनले आफूभन्दा २२ वर्ष जेठो दिलिप कुमारलाई सम्हाल्नुपर्ने थियो । दिलिप गएपछि एक्लीएकी उनको स्वास्थ्यमा समस्या देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *