Categories
समाचार

यिनै हुन् ३३ वर्षीय गोपाल जसले मलेसियाको तातो घाममा ड्युटी गरिरहेको बेला एक्कासी ढलेर मृत्यु

काठमाण्डौ । बैतडी घर भएका एक नेपालीको बुधबार मलेसियामा मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका ४ श्रीकेदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन् ।

सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा खटिएकै बेला मृत्यु भएको त्यहाँबाट दिनेश खड्काले जानकारी दिए। कावालान केशलामातान अनुग्रह सेक्युरिटी कम्पनीमा कार्यरत रहेका विष्टको केलाङ लामा रोडमा ड्युटीमा खटिएका थिए ।

बुधबार खाना खाएर ड्युटीमै रहेका बेला एक्कासी ढलेका र ढलेको एकछिनमै उनको मृत्यु भएको खड्काको भनाई छ । विष्टको के कारण मृत्यु भयो भन्ने खुल्न सकेको छैन। उनको शव परीक्षणका लागि क्लालाम्पुर अस्पतालमा राखिएको छ ।

विष्टको कोरोना परीक्षणपश्चात शव परीक्षण गरिने जनाइएको छ ।रोजगारीको लागि उनी ३ वर्ष अगाडी प्रोफेसनल मेनपावर कम्पनीमार्फत मलेसिया गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *