Categories
समाचार

२८ पत्नी, ३५ सन्तान र १२६ नातिनातिनीका अगाडि यी पुरुषले गरे ३७ औं बिहे

इतिहासमा राजा महाराजाहरुले दर्जनौँ रानीहरुसँग बिहे गरेको इतिहास पढ्न पाइन्छ । तर अहिलेको २१औं शताब्दीमा धेरै मुलुकमा बहुविवाह कानूननः बर्जित मात्र छैन कुनै पनि पुरुषले एकभन्दा बढी पत्नीसँग बिहे गर्ने भन्ने कुरा असहज नै लाग्दछ ।

तर यो दुनियाँमा अहिले पनि एकजना त्यस्ता पुरुष छन् जसले हालैमात्र ३७औं पटक बिहे गरेका छन् । सोसल मिडियामा भाइरल भैरहेको एक भिडियोमा ती वृद्ध पुरुषले एक युवतीसँग बिहे गरिरहेको देखिन्छ । त्यसमा दाबी गरिएअनुसार उनले आफ्ना २८ जना पत्नी, ३५ जना छोराछोरी तथा १२६ जना नातिनातिनीहरुकै अगाडि ३७औं पत्नीसँग बिहे गरेका हुन् । ४५ सेकेण्डको उक्त भिडियो क्लिप कुन देशको हो भन्ने चाहिं खुलेको छैन ।

यसअघि हालै जिम्बाबेमा पनि यस्तै घटना भएको थियो जहाँ एकजना पुरुषले १७ औं बिहेको लागि केटी खोजिरहेको खुलासा गरेका थिए । युद्धनायकको रुपमा रहेका ६६ वर्षका मिशेक नयान्दोरोले यसअघि १६ जना पत्नी भित्राइसकेका छन् र उनका १५१ जना छोराछोरी छन् ।

आफू मर्नुअगाडि १०० पत्नी बनाएर एक हजार छोराछोरी जन्माउने लक्ष्य रहेको उनी बताउँछन् । आफ्नो मुख्य काम भनेकै पत्नीहरुलाई सन्तुष्ट बनाउनु रहेको उनको भनाइ छ । स्मरण रहोस् मिशेक आफैंमा बेरोजगार छन् तर उनका छोराहरुमध्ये धेरैले सरकारी जागिर गर्दछन् । उनले अन्तिम पटक सन् २०१७ मा १६ औं बिहे गरेका थिए ।।

एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *