Categories
समाचार

‘फुलबुट्टे सारी’ गीतकी गायिका मिलन नेवारको गरियो शल्यक्रिया

‘फुलबुट्टे सारी’ गीतकी गायिका मिलन नेवारले हालै शल्यक्रिया गरेकी छिन । तीन दिनअघि मात्रै उनको पित्तथैलीका लागि पत्थरीको शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि घर फर्केको आफ्नो फेसबुक मार्फत उनले बताएकी छन्।

अहिले आफ्नो स्वास्थ्य सामान्य बन्दै गएको जानकारी दिँदै उनले लेखेकी छन्, ‘अपरेसन भनेको अपरेसन नै रहेछ। चाहे जत्रो होस् प्रक्रिया त्यही दुखाइ। बस घाउ सानो वा ठूलो हुदो रहेछ धेरै समयदेखि पालेर राखेको लगभग १२ एमएम (पित्तथैली ढुंगा) को भारी बल्ल बिसाएँ ।

भारत आसामकी गायिका उनि गायनको कर्मभूमि बनाउन नेपाल छिरिन्, नेपालीको मन पनि जितिन् । नेपालीमूलका धेरै भारतीय नागरिकले आफ्नो कलाको कर्मस्थल नेपाललाई बनाएका छन् । यस्तै धेरै नेपाली भारतमा पुगेर कलाको क्षमता उजागर गरेका छन् । यहीको निरन्तरतामा गायिका मिलन पनि नेपाल आइन् ।

एकाएक गायकी क्षमता र सुमुधर स्वरकी धनी मिलनले नेपालीको मन जितिन्, सबैको मन मनमा बस्न सफल भइन् । यतिमात्रै होइन उनको कर्मभूमिमात्रैमा नेपाल समिति रहने, वैवाहिक सम्बन्ध पनि नेपालसँगै गाँसिन । नामजस्तै मिलनको नेपाली युवकसँग मिलन भयो अर्थात नेपाली युवक मेन्सन अमात्यसँग लगनगाँठो कसिन् ।

जुन भूमिले माया दियो, जहाँ आफ्नो स्वरलाई मन पराइयो, उहीँ वैवाहिक सम्बन्ध कायम गर्दा मिलनमा अपार खुसी थियो । विवाहपछि महिलाले पतिको थर लेखाउने चलन नेपाल पनि छ, तर बाध्यात्मक छैन । मिलनलाई पनि पतिको थर ‘अमात्य’ लेखाउनु पर्ने भयो । तर, आफ्नो जन्मजातको थर ‘नेवार’लाई माथ गरेर अमात्य लेखाउन मन लागेन । आफ्नो कुरा परिवारमा राखिन् । परिवारमा आफूले चाहेजस्तै सबै कुरा हुँदैन ।

उनलाई अमात्य लखाउनुपर्ने दबाब सृजना भयो । परिवारको खुसी आफ्नै खुसी सम्झिन् । परिवार खुसी हुन्छ भने आफू खुसी भइन्छ भन्ने सोचिन् । र राजी भइन्, मिलन नेवारबाट मिलन अमात्य बन्न । ‘मलाई मिलन नेवारबाट अमात्य बनाउन मन थिएन, तर बनाउन बाध्य भएँ’, ती दिन सम्झँदै मिलनले बताइन् ।

मिलन नेवार अब मिलन अमात्यले परिचित हुँदै गइन् । नेवार कम अमात्यबाट बढि चिनिन थालिन् मिलन । उनको गाएकी क्षमताले स्रोता र दर्शक मन्त्रमुग्ध भए । जताततै उनकै माग हुन थाल्यो । कामको संख्या बढ्दै गयो, समय पनि बढी खर्चनुपर्ने भयो । परिवारलाई भन्दा आफ्नो कर्मलाई बढी समय दिनुपर्ने भयो । कहिले बिहानै, कहिले राति, कहीँ न कहीँ गइरहनु पर्ने भयो । कन्सर्टदेखि स्टुडियोसम्मको यात्रामा कुनै निश्चित समय भएन । यो उनको कर्मको सुखद् फल थियो । यसमा उनी निकै खुसी थिइन् । तर, परिवार भने बेखुसी हुन थालेको उनी अहिले सम्झिन्छन् । परिवारमा खटपट सुरु हुन थाल्यो ।

मिलनले करिअरको सुरुवात मिलन नेवार भएर नै गरेकी थिइन् । कतिपय पुराना गीतहरुमा उनको नाम ‘मिलन नेवार’ नै छ । तर, विवाहपछि ‘मिलन अमात्य’ भइन् । यो उनलाई फाप्यो पनि । नेवार हुँदा नचिनिएकी मिलन, अमात्य हुदाँ चर्चित भइन् । मिलन अहिले पुनः नेवार भएकी छन्, तर धेरैले अमात्यका रुपमा चिनेकाले असहज भएको अनुभव छ उनको । मिलन भन्छिन्, ‘आमात्य भनेर चिन्ने धेरै अडियन्स नेवारभन्दा नयाँ पो होकी भनेर झुक्किनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *