Categories
समाचार

सङ्खुवासभाको घटनाले लियो नयाँ मोड, झारफुक गर्न बोलाएका थिए, त्यहाँ त…..

सङ्खुवासभाको मादी–१ उम्लिङमा भएको घट्ना प्रकरणमा प्रहरी टोलीले गरेको अपराध अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको बताइएको छ । अहिलेसम्म कसैलाई पक्राउ गर्न नसकिए पनि फराकिलो दायरा बनाएर गरिएको सूक्ष्म अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको घटनास्थलमा अनुसन्धानमा परिचालित सङ्घीय एकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।

सो घटनाको अनुसन्धानमा प्रहरी उपरीक्षक दाहालको नेतृत्वको विशेष टोली सहित केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), प्रदेश प्रहरी कार्यालयको रिजनल इन्भेष्टिगेशन टिम, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको टोली सहित करिब ३५ जना परिचालित रहेको पनि प्रहरी उपरीक्षक दाहालले जानकारी दिए । गम्भीर प्रकृतिको घट्ना भएको कारणले फराकिलो रुपमा अनुसन्धान गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरेर ठुलै अनुसन्धान टोली घटनास्थलमा परिचालन भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा मृतकको घरमा लु’टपा’ट नभएको पनि प्रहरीको भनाइ छ । ‘हामीले घटनास्थल र घर भित्र खानतलासी गर्दा ४ लाख ७१ हजार रुपियाँ र केही सुनका गरगहना सुरक्षित रुपमा फेला परेकोले पनि त्यहाँ कुनै लु’टपा’ट भएको देखिँदैन ।

उन्लिङस्थित खोलागाँउमा गत सोमबार तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको शव फेला परेको थियो । यसैबीच छ जनाको शवको धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा पोस्टमार्टम प्रारम्भ गरिएको छ । प्रतिष्ठानका फोरेन्सिक विभागका चिकित्सक डा. विकास शाहले घटनाको विस्तृत जानकारी लिने काम सकेर शवको पोस्टमार्टम प्रारम्भ भएको बताए ।

घटनाको प्रारम्भिक र घटनास्थलको सूक्ष्म अनुसन्धानसँगै प्रहरीले हत्या भएको दुई दिनपछि मृतकको शव उठाएर पोस्टमार्टमका लागि प्रतिष्ठान पठाएको थियो । सोमबार बिहान ९ बजेतिर छिमेकी रामबहादुर खतिवडालाई फोन आयो, ‘कार्की आमै फेरि विरामी भइन्, झारफूक गर्न तुरुन्त जानु पर्‍यो ।’

उनका अनुसार बौद्धमानकी ८४ वर्षीया पत्नी पार्वती कार्की बेलाबेला मुर्छित भइरहन्थिन् । केही वर्षअघि मानिसहरुले मृत्यु भइसकेको भनेर घाट लैजाने पनि तयारी गरेका थिए । तर एकाएक होस आयो । सोमबार पनि बौद्धमान पार्वती फेरि बे’हो’ स् भएको भन्ने बुझे र झरफुक गर्ने रामबहादुरलाई खबर गर्न लगाए ।

तर उनी नपुग्दै खबर आयो, ‘कार्की परिवार त सखाप भइसक्यो ।’ उनले झारफुक गर्ने भनिएकी पार्वतीको सुतकै ठाउँमा हत्या भएको थियो भने अरुका शव अन्यत्र भेटिएको छ । ‘गाउँमा कोहीसँग कार्की परिवारको दुस्मनी पनि थिएन, साह्रै मिलनसार थिए’ रामबहादुर भन्छन्, ‘सबैलाई मा’रेको भनेर लाश देख्दा पनि पत्याउन गाह्रो परिरहेको छ ।’

अझै हत्या कसले किन गर्‍यो भन्ने निचोडमा पुगिनसकेको प्रहरी अधिकारीहरू बताउँछन्। अनुसन्धान भइराखे पनि निचोडमा पुगिनसकेको प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवीन राईले बताए।

‘त्यहाँबाट थप निचोड केही पनि आइसकेको छैन। हाम्रा टोली गएर अनुसन्धान गरिराखेका छन्,’ उनले भने। सुरूमा प्रहरीले आर्थिक कारणले घट्ना भएको हुनसक्ने अनुमान गरेको थियो। कार्की परिवारले झापामा जग्गा किन्न लागेको थाहा पाएपछि प्रहरीले त्यसैअनुसार अनुसन्धान अघि बढायो। जग्गा किन्न लागेको हुँदा घरमा ठूलो रकम हुने र त्यही लु’टपा’ट गर्न ह’ ‘त्या गरिएको हुन सक्ने आशंका थियो।

प्रहरीले तेजबहादुर कार्कीको घरबाट गरगहना तथा नगद सुरक्षित रूपमा फेला पारेको छ। घटनापछि तेजबहादुरका छोरा नरेश दुबईबाट नेपाल फर्किएका छन्। उनी गएराति धरान आइपुगेको मृतकका आफन्त विनोद कार्कीले बताए।

‘हिजो राति दुबईबाट कान्छो दाइ नरेश फर्किनुभएको छ। अहिले धरानमा पोष्टमार्टम कक्षमा हुनुहुन्छ,’ उनले भने,’मलेसियाबाट अर्को दाइ पनि आउने कुरा त छ। तर फ्लाइटको कुरा मिलिरहेको छैन। सायद शनिबारसम्म आउनुहुन्छ।’ विनोदका अनुसार पोष्टमार्टम सकिएपछि बुधबार नै उनीहरूको दाहसंस्कार गर्ने तयारी भइरहेको छ।कार्की परिवारको आर्थिक हैसियत सामान्य थियो। उनीहरू ढुंगामाटोको घरमा बस्थे। जेठा छोरा रमेश अहिले मलेसियामा छन्। उनीहरू डेढ वर्षदेखि विदेशमा थिए।

घरमा भएका ६ जनाको यो घट्ना हुँदा ९० वर्षीय वृद्ध बौद्धमान जोगिएका थिए। बौद्धमान मधुरो देख्छन् भने सामान्य आवाज सुन्दैनन्।अघिल्लो साँझ ६ बजे सुतेका उनलाई बिहान छिमेकीले उठाउन आएपछि मात्रै घटनाबारे थाहा पाएका थिए। छिमेकीले वडाध्यक्षलाई फोन गरेर प्रहरीलाई खबर भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *