Categories
समाचार

भूतपूर्व गोर्खा सैनिकको पेन्सन बढ्यो, बेलायत सरकारले पठायो यस्तो पत्र

काठमाडौ । भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन वृद्धि गर्न बेलायत सरकार राजि भएको छ । सरकारले औपचारीक निर्णय समेत गरिसकेको छ । भूतपूर्व गोर्खा सैनिक लामो समय देखि आन्दोलनमा थिए । अन्तत उनीहरुको आवाज बेलायतले सुनेको छ । रक्षा मन्त्रालयले गैरआवासीय नेपाली संघलाई पत्र लेख्दै त्यसवारे औपचारीक जानकारी समेत गराएको छ । पत्रमा पेन्सन स्किमअनुसार भूपु गोर्खा सैनिकको पेन्सन वृद्धि गर्न सरकार तयार रहेको उल्लेख गरिएको छ ।

तर, सन् १९९७ भन्दा पहिला सेवा निवृत्त भएका गोर्खा सैनिकहरुको समान पेन्सनको मागबारे भने पत्रमा उल्लेख छैन । एनआरएन युकेका अध्यक्ष सन्ता गाहा मगरले अगस्ट १६ मा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पत्र लेख्दै ब्रिटिस गोर्खाहरुले उठाउँदै आएको समान पेन्सन र समान सुविधाको माग तत्काल सम्बोधन गर्न गर्न आग्रह गरेका थिए । बेलायत सरकारले सोही पत्रको जवाफ दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *