Categories
समाचार

यिनै हुन् न्यायाधीशको गाडीले ठ क्कर दिँदा निधन भएकी ४५ वर्षीया लक्ष्मी दाहाल

काठमाडौं– मोरङ जिल्ला अदालत परिसरमा न्यायाधीशकै गाडीले ठ क्कर दिँदा १ जना महिलाको मृत्यु भएको छ। जिल्ला अदालत मोरङका न्यायाधीश इश्वर पराजुली चढ्ने बा १४ च ६०१६ नम्बरको कारले ठक्कर दिँदा अदालत परिसरमा चमेना गृह (क्यान्टिन) चलाउँदै आएकी ४५ वर्षीया लक्ष्मी दाहालको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार दिउँसो दाहाललाई न्यायाधीश पराजुली चढ्ने गाडीले ठ क्कर दिएको थियो। पार्किङमा राखिएको गाडीलाई चालकले त्यहाँबाट निकाल्न खोज्दा गाडी ‘उछिट्टिएर’ क्यान्टिनमा पुग्दा दुर्घटना भएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार दुर्घटनाको समयमा न्यायाधीश पराजुली गाडीभित्र थिएनन्।

गाडीको ठ क्करबाट ग म्भीर घाइते भएकी दाहाललाई उपचारका लागि कोशी अस्पतालमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। तर, दुर्घटनाको समयमा गाडीभित्र न्यायधिश पराजुली नरहेको प्रहरी उपरीक्षक जीसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *