Categories
समाचार

विरामीलाई ठगी गर्ने विराटनगरका औषधि पसलहरु गरियो बन्द

विराटनगर । विराटनगर–९ स्थित अस्पताल चोकमा सञ्चालित औषधि पसलहरुले औषधिको नाममा विरामीलाई ठगी गरेको उजुरी परेपछि अनुगमन गरेर तीन वटा औषधि पसल बन्द गरिएको छ ।

औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरको टालीले सोमबार अनुगमन गरेर टाइम्स फर्मा, रियाङशी मेडिको र बोर्ड नराखिएको एउटा फार्मेसी बन्द गराएको हो । अनुगमन टोली आएको थाहा पाएपछि बोर्ड नटासिएको औषधि पसल बन्द गरेर सञ्चालक भने फरार भएका थिए ।

अनुगमनका क्रममा लाइसेन्स प्राप्त व्यक्तिलाई नभेटिएपछि दुइवटा र्फामेसीको बिक्रीमा रोक लगाइएको औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरका निमित्त प्रमुख सञ्जिव शर्मा कट्टेलले जानकारी दिए । उनले बोर्ड नराखी फार्मेसी सञ्चालन गर्दै आएका औषधि व्यवसयी शंकर यादव फार्मेसी बन्द गरेर फरार भएका र उनको खोजी कार्य भइरहेको जानकारी दिए ।

उक्त फार्मेसीहरुले विरामीलाई औषधिमा बढी मूल्य लिएर ठगी गरेको र फार्मेसीमा सम्बन्धित व्यक्ति नबसेर जो कोहीले औषधि बेच्ने गरेको पाइएको छ ।

लाइसेन्स प्राप्त व्यक्ति बाहेक अन्य व्यक्तिले औषधि बेच्न नपाउने नियम छ तर, अनुगमनका क्रममा विराटनरमा सञ्चालित केही औषधि पसलमा विना लाइसेन्सका व्यक्तिहरुले नै औषधि विक्री गरिरहेको पाइएको निमित्त प्रमुख कट्टेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *