Categories
समाचार

अस्ताए नेपालका अर्का चर्चित ब्यावसायीको मृ,त्यु R.I.P

काठमाडौं । प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका संस्थापक नेता शुवर्ण शमशेरका कान्छा सुपुत्र पूर्वराजदुत रुक्मशमसेर राणाको निधनप्रति उनको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

शनिबार विहान राणाको निवास बत्तिसपुतलीमा पुगेर प्रधानमन्त्री देउवा, नेता प्रकाशमान सिंह, डा मिनेन्द्र रिजाल लगायतका नेताहरुले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हु्न्

भारतका लागि पूर्व नेपाली राजदूत तथा व्यवसायी रुक्मशमसेर राणाको ८५ वर्षको उमेरमा शुक्रबार राती निधन भएको हो । मिर्गौला प्रत्यारोपणपछि उनी नियमित डाइलाइसिस गर्दै आएका थिए । उनी सन् २००९ देखि २०११ सम्म भारतको राजदूत बनेका थिए ।

त्यस्तै, राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दुई पटक सदस्य सचिवको जिम्मेबारी सम्हालेका थिए । हाल नेपाल ओलम्पिक कमिटी मानार्थ अध्यक्ष रहेका उनले लामो समय ओलम्पिक कमिटीमै नेतृत्व लिएका थिए । उनी भारतीय संयुक्त लगानीमा रहेको डावर नेपालका प्रवन्ध निर्देशकसमेत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *