Categories
समाचार

मलेसियाको तातो घाममा ड्युटी गरिरहेको बेला एक्कासी ढलेर ३३ वर्षीय गोपालको मृत्यु

काठमाण्डौ । बैतडी घर भएका एक नेपालीको बुधबार मलेसियामा मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका ४ श्रीकेदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन् ।सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा खटिएकै बेला मृत्यु भएको त्यहाँबाट दिनेश खड्काले जानकारी दिए। कावालान केशलामातान अनुग्रह सेक्युरिटी कम्पनीमा कार्यरत रहेका विष्टको केलाङ लामा रोडमा ड्युटीमा खटिएका थिए ।

बुधबार खाना खाएर ड्युटीमै रहेका बेला एक्कासी ढलेका र ढलेको एकछिनमै उनको मृत्यु भएको खड्काको भनाई छ । विष्टको के कारण मृत्यु भयो भन्ने खुल्न सकेको छैन। उनको शव परीक्षणका लागि क्लालाम्पुर अस्पतालमा राखिएको छ ।

विष्टको कोरोना परीक्षणपश्चात शव परीक्षण गरिने जनाइएको छ ।रोजगारीको लागि उनी ३ वर्ष अगाडी प्रोफेसनल मेनपावर कम्पनीमार्फत मलेसिया गएका थिए ।

काठमाण्डौ । बैतडी घर भएका एक नेपालीको बुधबार मलेसियामा मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका ४ श्रीकेदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन् ।

सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा खटिएकै बेला मृत्यु भएको त्यहाँबाट दिनेश खड्काले जानकारी दिए। कावालान केशलामातान अनुग्रह सेक्युरिटी कम्पनीमा कार्यरत रहेका विष्टको केलाङ लामा रोडमा ड्युटीमा खटिएका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *