Categories
समाचार

दुलाहाको पर्खाइमा रहेका कपूर खानदानका अविवाहित ५ छोरीहरु यस्ता छन् (तस्विर सहित)

भारतीय फिल्म उद्योग बलिउडमा केही परिवार वा वंशको उपस्थिति बलियो छ । कुनै खलकको जिजुबुबादेखि पनाति पुस्तासम्मले यहाँको मनोरञ्जन उद्योगमा योगदान गरेका छन् । बलिउडमा शक्तिशाली तथा प्रभावशाली केही परिवारले एक खालको राज नै गरेका छन् भन्न सकिन्छ ।

कपुर घराना सुपरस्टारहरूको घराना हो । पृथ्वीराज कपुरको प्रवेशले अभिनय जगत्मा यो परिवारको खाता खोलेको थियो । त्यसयता उनका शाखा–सन्तानले बलिउडका ‘डाँडाकाँडा’ ढाकेका छन् । पृथ्वीराजका तीन छोरा राज, शम्मी र शशीदेखि नातिहरू ऋषि (उनकी पत्नी नितुसमेत), रणधीर र राजीव सबै चर्चित कलाकार हुन् । चौथो पुस्ताका करिश्मा, करिना र रणवीरले पनि कपुर खानदानको अभिनय प्रसिद्धिमा इँटाहरू थपेका छन् ।

बलिउड यस्तो ठाउँ हो, जहाँ स्टारपुत्रहरूले सहजै प्रवेश त पाउँछन्, तर खासै फाप्दैन। उनीहरूको कामलाई सधैं ‘महान’ आमाबाबुको विगतसँग दाँजिन्छ। राम्रो गर्‍यो भने त्यसको जस आमाबाबुले नै लैजान्छन्, नराम्रो गर्‍यो भने ‘फलानोको छोरा भएर यस्तो झूर काम गर्‍यो’ भन्दै उल्याउँछन्।

ऋषि कपुर बलिउडका त्यस्ता कम स्टारपुत्रमा पर्छन्, जसले आफ्नो करिअरमा बाबुको सेप लाग्न दिएनन्। उनको नाउँसँग सिंगो ‘कपुर खानदान’ को विरासत जोडिएको थियो, जसको चौथो पुस्ताले समेत बलिउडमा धूम मच्चाउँदै छ।

कपुर खानदानले बलिउडमा निकै मान सम्मान र इज्जत कमाइरहेका छन् । यद्यपी आज हामी कपूर खानदानका ५ अविवाहित छोरीहरुको बारेमा चर्चा गर्न गइरहेका छौँ ।
कपूर खानदानका अविवाहित छोरीहरु, जो दुलाहाको पर्खाइमा बसिरहेका छन् ।

अंशुला कपूर।

अंशुला कपूरकी छोरी हुन् अंशुला उनि पनि फिल्म क्षेत्रबाट टाढा छन् । २५ वर्षिय अंशुलाले अहिलेसम्म विवाह गरेकी छैनन् । उनले सामाजिक संजालमा राखेका तस्विर निकै चर्चामा छाउने गर्छन् ।


रिया कपूर।

अभिनेता अनिल कपूरकी छोरी रियाको सुन्दरताको निकै चर्चा हुने गर्छ तर उनि पनि अविवाहित नै छिन् । उनले सामाजिक संजालमा राखेका तस्विर निकै चर्चामा छाउने गर्छन् भने उनि धेरै जसाे सामाजिक संजालमा निकै सक्रिय रहन्छिन् । उनी फेसन डिजाइनर हुन् ।


जाह्नवी कपूर।

निर्माता बोनी कपूर र दिवंगत अभिनेत्री श्रीदेवीकी छोरी हुन् जाह्नवी कपूर । उनले सामाजिक संजालमा राखेका तस्विर निकै चर्चामा छाउने गर्छन् भने उनि धेरै जसाे सामाजिक संजालमा निकै सक्रिय रहन्छिन् । ‘धड्क’ फिल्म बाट बलिउडमा पाइला राखेकी उनी निकै चर्चामा रहेकी छन् ।

श्रीदेवी र बोनी कपूरको जन्म, उनले २०१८ मा प्रेमप्रसङ्गयुक्त नाट्य चलचित्र धडकबाट अभिनय सुरु गरिन्, जुन व्यावसायिक सफलता थियो र उनलाई सर्वश्रेष्ठ महिला पदार्पणको लागि जी सिने पुरस्कार प्राप्त गरिन।

जाह्नवी कपूरको जन्म ७ मार्च १९९७ को मा अभिनेत्री श्रीदेवी र चलचित्र निर्माता बोनी कपूरबाट भएको थियो। उनकी एक कान्छी बहिनी खुशी, र दुई सौतेनी भाइ-बहिनी छन्, अभिनेता अर्जुन कपूर र अंशुला कपूर छन्।

उनी अभिनेता अनिल कपूर र सञ्जय कपूरको भतिजी हुन्। उनले मुम्बईको धीरूभाई अम्बानी अन्तर्राष्ट्रिय विद्यालयमा अध्ययन गरेकी थिइन्। आफ्नो चलचित्रको सुरुवात गर्नुभन्दा अघि, उनले क्यालिफोर्नियाको ली स्ट्रासबर्ग थिएटर एन्ड फिल्म इन्स्टिच्यूटबाट अभिनय कोर्स लिएकी थिइन्।

सनाह कपूर।

नायक शाहिद कपुरकी बहिनी हुन सनाह । उनि हाल २८ बर्षकी भइन् । उनि फिल्म उद्योगबाट भने टाढ छिन् । तर केहि पहिला शाहिदको फिल्ममा भने थोरै देखिएकी थिइन् । उनि फिल्मबाट टाढा भएपनि सामाजिक संजालमा भने निकै सक्रिय छन् । उनका तस्बिरले भने निकै चर्चा पाउने गर्छ र उनि हालसम्म अविवाहित नै छिन् ।

खुशी कपूर।

खुसी अभिनेत्री जाह्नवी कपूरकी बहिनी हुन् । उनि पछिल्लो समय ग्ला,मर फोटो,सुटको कारण निकै चर्चामा रहेकी छन् । उनले सामाजिक संजालमा राखेका तस्विर निकै चर्चामा छाउने गर्छन्। उनि हालसम्म फिल्ममा देखिइकी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *